मुम्बई आक्रमणमा संलग्न भएको आशंकामा एक नेपाली पक्राउ
काठमाडौ, श्रावण ११ - मुम्बई आक्रमणमा संलग्नताको आशंकामा प्रहरीले एक नेपालीलाई नियन्त्रणमा लिएको छ । स्रोतका अनुसार मुम्बईमा दुई साताअघि भएको आतंकवादी आक्रमणमा संलग्न एक व्यक्तिको मोबाइलमा नेपाली नागरिक मोहम्मद जाहिदको मोबाइल नम्बरबाट म्यासेज र फोन गएको फेला परेपछि उनलाई नियन्त्रणमा लिइएको हो ।
भारतीय दूतावासले दिएको सूचनाका आधारमा नेपाल प्रहरीले जाहिदलाई गत असार ३१ मा ठहिटीबाट नियन्त्रणमा लिएको प्रहरी स्रोतले जनायो । उनलाई अहिले सार्वजनिक अपराधको अभियोग लगाई प्रहरी परिसर हनुमानढोकामा हिरासतमा राखिएको छ । 'घटनासँग मिल्ने गरी भएको टेलिफोन सम्पर्क र म्यासेज देखिएपछि दूतावासले सहयोग मागेको थियो,' प्रहरी मुख्यालयका एक वरिष्ठ प्रहरी अधिकृतले भने, 'नेपाली नम्बर देखिएपछि पक्राउ गरिएको हो ।'
पक्राउ परेका ४० वषर्ीय जाहिदले अर्कै व्यक्तिले आफ््नो फोन प्रयोग गरेको बताएका छन्् । 'भारतबाट आएका एक व्यक्तिले प्रयोग गरेको बताएको छ, उनले दिएको बयान र फोन सम्पर्क भएको विवरण हेर्दा मिल्न जान्छ,' ती प्रहरी अधिकारीले भने । जाहिद काठमाडौंमा कपडामा बुट्टा भर्ने काम गर्दै आएका छन्् ।
फोन प्रयोग गर्ने व्यक्ति मुम्बईबाट काम खोज्दै एक साथीको माध्यमबाट आफ्नो सम्पर्कमा आएको उनले बयान दिएका छन् । 'मलाई एक साथीले ल्याएर काम दिन भनेको थियो,' जाहिदको बयान उल्लेख गर्दै स्रोतले भन्यो, 'घरमा फोन गर्नुछ भन्दै मेरो मोबाइल प्रयोग गरेको हो, मलाई केही थाहा छैन ।' प्रहरीले ती साथीमार्फत फोन प्रयोग गर्ने व्यक्तिका बारेमा सूचना लिइरहेको छ ।
प्रहरीले जाहिदको फोनबाट मुम्बई फोन गरेर के कुरा भयो ? र म्यासेज के पठाइएको थियो भन्ने स्पष्ट नआएको बताएको छ । 'सम्पर्क छ भनिए पनि के प्रयोजनका लागि थियो ? दूतावासले खुलाएको छैन,' ती अधिकृतले भने, 'जे काम अह्रायो त्यही गरिएको मात्र हो ।' पक्राउ परेका उनलाई के गर्ने भन्ने विषयमा पनि प्रहरी अन्योलमा छ । जाहिदले प्रयोग गरेका एनसेल र एनटीसी दुवै नम्बरमा सम्पर्क देखिएको थियो । प्रहरीले यो पक्राउबारे गुपचुप राख्ने प्रयास गरेको छ ।
प्रहरी प्रवक्ता डीआईजी नवराज ढकालले मुम्बई आक्रमणसँग सम्बन्धित कोही पक्राउ नपरेको दाबी गरे । 'मुम्बई घटनासँग सम्बन्धित कोही मान्छे नियन्त्रणमा छैन,' उनले भने, 'जाहिदले मादक पदार्थ सेवन गरेर टोलमा हल्ला गरेकाले पक्राउ गरिएको हो ।'
मुम्बईका तीन स्थानमा दुई साताअघि भएको आतंकवादी आक्रमणमा २४ जनाको मृत्यु भएको थियो भने १ सय ५० घाइते भएका थिए । मुम्बईको ओपेरा हाउस, जावेरी बजार र दादर भन्ने स्थानमा हमला भएका थिए । भारतीय प्रहरीले आक्रमणमा त्यहाँको आतंकवादी समूह 'इन्डियन मुजाइद्दिन' को संलग्नता रहेको आशंका गरेको छ ।
भारतीय प्रहरीले यसअघि बिहारको किसनगन्ज जिल्लाबाट आक्रमणमा संलग्न भएको आशंकामा रैजुल सरकारलाई पक्राउ गरेको थियो ।
साभार:कान्तिपुर