|

महराले गाडी र सरकारी निवास छाडे

काठमाडौ, श्रावण ११ - उपप्रधानमन्त्री तथा गृहमन्त्री कृष्णबहादुर महराले पदबाट दिएको राजिनामा स्वीकृत नहुदै सुविधामा लिएको गाडी र सरकारी आवाश छाडेका छन ।

मन्त्री पदबाट मुक्त भएको हप्तौसम्म सरकारी गाडी फिर्ता नगर्ने र सरकारी क्वाटरमै बसिरहने प्रचलनलाई तोडेर महराले सरकारी सुविधा छाडेका हुन् ।

गृहमन्त्रीले पदबाट मुक्त भएपछि मन्त्री पदमै रहँदा खरिद गरेका नया“ गाडी र दर्जन भन्दा बढी सुरक्षाकर्मीलाई पछुवाको रुपमा तीन वर्षसम्म लैजान पाउने व्यवस्था छ । उक्त विलासीपूर्ण व्यवस्था पूर्व गृहमन्त्री भीम रावलले आफू पदमा रहदा बनाएका हुन् ।

पार्टीको केन्द्रीय समितिले माओवादीका तर्फबाट सहभागी भएको मन्त्रीहरु परिवर्तन गर्ने निर्णय गरिसकेकाले नया“ समूहलाई सरकारमा सहभागी गराउन मार्गप्रशस्त गर्न उदेश्यले महराले राजिनामा दिएको बताइसकेका छन् ।

गत आईतबार माओवादीको केन्द्रीय समितिको बैठकले सरकारको पुनर्गठन गर्ने निर्णय गरेको थियो । मन्त्री महराका परिवारका अधिकांश सदस्यहरु मंगलबार दिनभ हरिहरभवनस्थित मन्त्री क्वाटरबाट आफनो सामान पेप्सीकोलास्थित भाडाको घरमा सारिरहेका थिए ।

महराले प्रधानमन्त्री झलनाथ खनाल र पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई राजिनामा बुझाए लगत्तै मन्त्रालयको सबै कामकाज राम्रो गर्न सचिव लिलामणी पौड्याललाई निर्देशन दिंदै बाहिरिएका थिए । ‘ल है म त अब हिंडे, अर्को मन्त्री नआउन्जेल मन्त्रालयको काम काज राम्रो गर्नु होला’ भन्दै महरा बाहिरीएका थिए ।

उनले पदमा रहँदा चढेको बा१झ ४९७२ को जीप र बा१झ ५२६२ नम्बरको सरकारी कार दुवै मन्त्रालयलाई फिर्ता गरेका छन् । बिहान ११ बजे महराको सचिवालयका प्रतिनिधिहरू गाडि लिएर मन्त्रालय र प्रहरी प्रधान कार्यालय पुग्दा मन्त्रालयका कर्मचारी र प्रहरी अधिकृतहरूले आश्चर्य व्यक्त गरेका थिए ।

गृहमन्त्री चढ्ने नया“ मित्सुविसी जीप पूर्व गृहमन्त्री भीम रावलले जबरजस्ती लगेको र पटक पटक फिर्ता गर्न आग्रह गर्दा पनि अनेक बहानामा अटेर गरेका कारण महरा नेपाल प्रहरीको पुरानो जीप चढ्दै आएका थिए ।

महराका प्रेस संयोजक मनोज घर्ती मगरका अनुसार ‘राज्य आर्थिक रुपमा कमजोर भएकाले हरेक वर्ष नया“ बन्ने गृहमन्त्रीले करोड पर्ने गाडी चढ्न नहुने बताउँदै उनले चढेको गाडी फिर्ता गरेका हुन ।’

माओवादीको समर्थनमा गत माघ २० गते एमाले अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । खनाल प्रधानमन्त्री निर्वाचित भएको एक महिनापछि फागुन २१ गते माओवादी स्थायी समिति सदस्य तथा विदेश विभाग प्रमुख महरा माओवादीको तर्फबाट सरकारको नेतृत्व गरेर उपप्रधान तथा सूचना तथा सञ्चारमन्त्री बनेका थिए । माओवादी सरकारमा सहभागी भएको दुई महिनापछि वैशाख २१ गते सरकारलाई पूर्णता दिंदै प्रधानमन्त्री खनालले महरालाई उपप्रधानमन्त्री तथा गृहमन्त्रीको जिम्मेवारी दिएका थिए ।

गृहमन्त्री भए लगत्तै महराले गृह मातहतका निकायहरुमा केही सकारात्मक काममा थालनी गरेका थिए । सुरक्षा निकायमा भ्रष्टाचार सन्यको विकास, काम कारवाहीमा पारदर्शीता, सुरक्षाकर्मीको सरुवामा नया“ नीतिको व्यवस्था, जनसरोकारका कार्यालयहरुमा हड्ताल हुन नदिन अत्यावश्यक सेवा ऐनको दायरामा ल्याउने प्रयास महराको प्रशंसनीय कार्य रहेको थियो ।

महरा र सचिव पौड्यालको पारदर्शी कार्यशैलीको गृह मन्त्रालय र मातहतका निकायहरुमा खुलेर प्रशंसा हुँदैआएको थियो ।
साभार:कान्तिपुर

Posted by Butwalonline on 11:55 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "महराले गाडी र सरकारी निवास छाडे"

Leave a reply

ताजा अपडेट

तपाईंका प्रतिक्रियाहरु