नेपालमा मोबाइल फोनको बढ्दो आकर्षण
प्रत्येक १ सय जनामध्ये अहिले ३८ जनासँग मोबाइल छ। नेपाल दूरसञ्चार
प्राधिकरणले जारी गरेको जनसंख्याको आधारमा मोबाइल घनत्वको तथ्यांकमा यही
कुरा उल्लेख छ। सिम लिनेहरूका आधारमा यो तथ्यांक आए पनि एक जनाले नै धेरै
सिम बोक्ने कारणले यो घनत्वअनुसार नै प्रत्येक १ सयमध्ये ३८ नेपालीको
पहुँचमा मोबाइल फोन पुगेको छ भन्न सकिँदैन।
मोबाइल फोन अहिलेको सबैभन्दा आकर्षक प्रविधि हो, ताररहित फोनको सुविधा भएको यो सानो उपकरण खल्तीमा बोकेर स्वदेशभित्र मात्र होइन, विदेशमा पनि उपयोग गर्न पाइने भएकाले यसप्रतिको आकर्षण बढ्दै गएको हो। दूरसञ्चार प्राधिकरणका अनुसार सिम लिएका आधारमा नेपालमा १ करोड १६ लाख २९ हजार २ सय ७२ ग्राहक छन्। प्राधिकरणले गत फागुनमा सार्वजनिक गरेको पछिल्लो एमआईएस प्रतिवेदनमा यो तथ्यांक समावेश छ।
गत वर्षको तुलनामा यो वर्ष १३ प्रतिशतले मोबाइल उपभोक्ता बढेकाले मोबाइल फोन सेटको बजार पनि वृद्धि भएको तथ्यांक निकाल्न सकिन्छ। नेपालमा मोबाइलको बजारको आकारका बारेमा कुनै संस्थाले भरपर्दो सर्वेक्षण नगरेकाले यसका बारेमा तथ्यगत जानकारी आउन सकेको छैन्।
सुरु-सुरुमा ताररहित यो उपकरणमा उच्च आयस्रोत हुने सम्भ्रान्तहरूको मात्र पहुँच थियो। त्यसैले त्यसबेला मोबाइल बोकेर हिँड्नेहरू उच्च वर्गका हुन् भनेर सहजै खुट्याउन सकिन्थ्यो। गर्ने कलमा मात्र होइन, आउने कलमा पनि रोमिङ चार्ज लाग्ने त्यसबेलाको नियमले मोबाइल प्रयोगकर्ताको संख्या सीमित थियो। मोबाइल बोक्दा एक प्रकारको शो-अप हुने भएकाले तत्कालीन अवस्थामा पेटीमा अड्काएर मोबाइल बोकिन्थ्यो, हत्केलाभरको यो प्रविधि साथमा हुनुलाई प्रतिष्ठासँग जोडिएकाले यो उपकरणप्रति लोभिनेहरूको संख्या बढ्दै गयो।
मोबाइल मोह अझै कम भएको छैन, तर नसोचेको हिसाबले मोबाइल नेटवर्क मुलुकभर फैलिएको छ। सेवाप्रदायकहरूको प्रतिस्पर्धाले पनि नेटवर्क विस्तारमा सहयोग पुगेको हो। अहिले ताप्लेजुङदेखि कञ्चनपुरसम्मका नेपालीहरू मोबाइलको पहुँचमा छन्।
दैनिक लाखौं कमाउनेदेखि अर्काको ढोका चहारेर जीविका धान्नेहरू पनि मोबाइलबिनाको जीवन कल्पना गर्न नसकिने बताउँछन्। मोबाइलले जीवनशैलीलाई सहज बनाइसकेकैले हुनसक्छ, इटहरीमा रिक्सा चलाउनेदेखि दरबारमार्गमा रेन्जरोभर हुइँक्याउनेहरूसम्म यसको प्रयोग गरिरहेका छन्।
नेपालमा मोबाइल फोन सेवाप्रदायकको संख्या बढ्दै जाँदा यसका उपभोक्ताको संख्या पनि दिनप्रतिदिन बढ्दो छ, त्यतिमात्र होइन, उपभोक्ताहरूको मोबाइल फोनलाई अत्याधुनिक सेवाहरू उपलब्ध सेटमार्फत उपयोग गर्ने इच्छा पनि बढिरहेको छ। त्यसैले बजारमा गएर कुराकानीका लागि मात्र होइन, रेडियो-संगीत सुन्न, भिडियो हेर्न, तस्बिर खिच्न तथा इन्टरनेट चलाउन मिल्ने मोबाइल सेट किन्न उपभोक्ता तयार देखिन्छन्।
मोबाइल फोनको क्रेज रहेकै कारण दर्जनौं ब्रान्डका सयौं मोडलका मोबाइल सेट बजारमा उपलब्ध छन्। 'उपभोक्ताले आफ्नो आयस्रोत र इच्छाबमोजिमको सेट खरिद गर्ने भएकाले पनि सबै ब्रान्ड र मोडलका मोबाइल फोनसेट हामीले बिक्री गर्दै आएका छौं,' मोबाइल विक्रेता एलाइभ ग्लाइडरले भने- 'मोबाइल सेट फेसन बन्दै गएकाले पनि यसप्रतिको क्रेज निरन्तर बढिरहेको छ।'
विभिन्न ब्रान्डका नयाँ-नयाँ मोबाइल सेटबीच प्रतिस्पर्धा हुने भएकाले बजारमा आएका मोबाइल सेटको मूल्य दिनप्रतिदिन घटिरहेकै हुन्छ। सिटिभी मोबाइल बिक्री सेन्टरका प्रमुख कार्यकारी अलाइभका अनुसार कम मूल्यका सेटहरूमा ५० रुपैयाँसम्म नाफा राखिन्छ भने महँगो सेटमा ५ हजारसम्म नाफा लिइन्छ।
नेपाली बजारमा १ हजारदेखि १ लाख २५ हजार रुपैयाँसम्मका सेट पाइन्छन्। प्रायःजसो २ हजार रुपैयाँदेखि २५ हजारसम्मका मोबाइल फोन सेट धेरै बिक्री हुन्छन्। त्यसमा पनि ७ हजारदेखि १० हजारसम्मका मोबाइल सेट अत्यधिक बिक्री हुन्छन्। ताम्राकार कम्प्लेक्सको टकटुमी शोरुमका अनुसार विद्यार्थी र कर्मचारीहरूले प्रायः ७ देखि २० हजारसम्मका सेट लिने गरेका छन्। महँगो सेटमा अनेक प्रविधि र सुविधा भएर पनि त्यसको अधिकतम उपयोग गर्ने बाटो मोबाइल सेवाप्रदायकहरूले उपलब्ध नगराएकाले मध्यमतहकै सेट बढी बिक्री हुने गरेको छ। ७ देखि २० हजार मूल्यका सेट नेपालमा दैनिक १ हजारवटासम्म बिक्री हुने अनुमान छ।
नेपालमा सबैभन्दा बढी बिक्री हुने नोकिया ब्रान्डलाई यो वर्ष सामसुङ ब्रान्डले चुनौती दिएको छ। सेवाप्रदायकमा एनसेलले टेलिकमलाई चुनौती दिएझैं मोबाइल सेटको बजारमा सामसुङ उपभोक्ताको ध्यान खिच्न सफल भएको हो। एप्पलको आइफोन महँगो हुनु र त्यस्तै फिचरको सामसुङको ग्यालेक्सी ट्याब सुलभ मूल्यमा उपलब्ध हुनुले पनि सामसुङको बजार बढाएको हो।
विज्ञहरूका अनुसार प्रत्येक महिना नेपालमा करिब १ लाख मोबाइल सेट बिक्री हुने गरेका छन्, त्यसमध्ये ३५ प्रतिशत बजार नोकियाको मानिन्छ, तर नोकियाको यो बजार गिर्दो अवस्थामा छ भने सामसुङको उक्लिँदो छ। सामसुङको २५ प्रतिशतभन्दा बढीको बजार छ। बाँकी ४० प्रतिशत अन्य ब्रान्डका मोबाइल सेटको छ। पछिल्लो केही समययता काठमाडौंमा सेट बिक्रीको गति स्थिरजस्तो देखिए पनि काठमाडौंबाहिर मोबाइल सेटको बजार बढिरहेकै छ। काठमाडौंमा मोबाइल बिक्री सेन्टर बढी खुल्नुले प्रतिस्पर्धा पनि उत्तीकै छ।
'अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक भएका मोबाइल सेट केही दिनभित्रै नेपाली उपभोक्तामाझ आइपुग्छ,' सञ्चार प्रविधि विज्ञ अजय साडेब्रा भन्छन्- 'विश्व बजारबाट नेपाल भित्रिने कुनै पनि प्रविधि र उपकरणमध्ये मोबाइल फोन सेट नै सबैभन्दा छिटो भित्रिने उपकरण हो।'
२५ हजारदेखि ८० हजार रुपैयाँका सेट पनि नेपालमा दैनिक १ सयभन्दा बढी बिक्री हुने अनुमान व्यवसायीहरूको छ। एप्पलको आइफोन सिरिज, नोकियाको ई-सिरिज, एन-सिरिज, सामसुङको ग्यालेक्सी सेरिज, एचटिसीको एन्ड्रोइड सिरिजको मूल्य बढी पर्ने भए पनि ग्ल्यामरका हिसाबले यस्ता मोबाइल सेट बढी आकर्षक मानिन्छ। 'उच्च शिक्षा अध्ययन गर्ने तथा राम्रो आयस्रोत भएका युवायुवती महँगा फोनसेट किन्न हिचकिचाउदैनन्,' साडेब्रा भन्छन्- 'प्रयोगका दृष्टिकोणले पनि यो सेट उनीहरूका निम्ति उपयोगी हुनु अर्को फाइदाको कुरा हो।'
नोकिया र सामसुङ पछि अल्काटेल, आइफोन, स्पाइस, यसुदा, मोटोरोला, एचटिसी, सोनी इरिक्सन, एलजी, जी फाइभ, टाटा इन्डिकम, बर्ड, कार्बन, कलर्स, ओरियन्ट, माइक्रोम्याक्स, अक्सिजन, इन्टेक्स, रिलायन्स आदिका सेट पनि नेपाली बजारमा उपलब्ध छन्।
नेपालमा मल्टिनेसनल मोबाइल कम्पनीका करिब डेढ दर्जन आधिकारिक विक्रेता छन्, जसले दुई हजारदेखि लाखौं मूल्यबराबरको मोबाइल सेट नेपाली बजारमा उतारेका छन्। अन्तर्राष्ट्रिय ब्रान्डका मोबाइलसँगै चाइनिज मोबाइल पनि बजारमा छ्यापछ्याप्ती भेटिन्छ।
मल्टिनेसनल रणनीति
उपभोक्ताले सस्तो सेटमा रुचि देखाएपछि मल्टिनेसनल ब्रान्डले पनि उपभोक्ताको मन जित्ने फिचर समेटेर सस्ता सेट ल्याउन थालेका छन्। जिएसएम सेट मात्र विकास गरिरहेको नोकियाले डबल सिम, टचस्क्रिन सेट ल्याएर स्तरीयता खस्किने अनुमान गरेको थियो, तर आफ्नो मार्केट अरूले खाइदिएपछि अहिले नोकियाले डबल सिम, टचस्क्रिन, ब्लाकबेरीजस्तो क्वेटी (इ-सेरिज), वाइफाइ, हाइमेमोरी सपोर्टजस्ता सुविधासहितका सेट सुलभ मूल्यमा बजारमा ल्याएको छ। गतवर्ष विश्व बजारमै अग्रणी बन्न पुगेको सामसुङ ब्रान्डले पनि टचस्क्रिन कर्बी, डबल सिम, सिडिएमए सेट, क्वेटी किबोर्डसहितका फिचर समेटेर सेट ल्यायो। सामसुङले आइफोनकै समकक्षी ग्यालेक्सी ट्याब बजारमा ल्यायो, जसले गर्दा उसले गुमिसकेको मार्केटमा फेरी वर्चस्व जमायो। यो वर्ष नोकियाले पनि यो रणनीतिलाई अवलम्बन गरेको छ। अब नोकियाले सस्तोमा सबै फिचरसहितको मोबाइल सेट दिने भएको छ। नोकियाको सेट अपरेटका क्रममा ह्याङ हुने भएकाले उसले अपरेटिङ सिस्टम सिमबेन अन्नासहितको सेट ल्याएको छ। यसले ह्याङ हुने प्रोब्लम पूर्ण रूपमा हटाउनेछ। यो वर्ष एलजीले पनि सबै सुविधायुक्त सेट ल्याउने बताएको छ। मल्टिनेसनल ब्रान्डले नै सस्तोमा सर्भिस सेन्टरसहित सबै सुविधा समेटेको सेट ल्याए भारतीय ब्रान्डको बजार घट्ने अनुमान मोबाइल व्यवसायीहरूको छ।

साभार: कान्तिपुर साप्ताहिक