झाडापखालाले एकै घरका चारको मृत्यु
दैलेख, श्रावण १२ - झाडा पखालाले तीन छोरी गुमाएका विशाला गाविस– १ बजाहाका नरबहादुर शाहीको पनि विहीबार मृत्यु भएको छ । ३६ वर्षीय शाहीको वान्ता र दिसामा लगातार रगत बगेको थियो । उक्त घरमा अव ७ दिनकी बालिका र सुत्केरी श्रीमती गौरामात्र छिन् ।
यसअघि तारन्तारको पखालाले शाहीका छोरीहरु १० वर्षीया पवित्रा, ६ वर्षीया दीपा र ४ वर्षीया निर्मलाको शनिबार मृत्यु भएको थियो । स्थानीयबासीका अनुसार श्रीमानको मृत्यु भएपछि सुत्केरी श्रीमती गौरा मुर्च्र्छित अवस्थामा छिन् । दिउँसोदेखि उपस्वास्थ्य चौकीका स्वास्थ्यकर्मीले उनलाई बेहोस हुनबाट बचाइरहेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख डा. खगेन्द्रजंग शाहले विशालु च्याउको असरका कारण उनको मृत्यु भएको बताए । ‘च्याउको विषका कारण कलेजो बिग्रेर रगत बगेको हुन सक्छ’ डा. शाहले भने, ‘अस्तिसम्म उपस्वास्थ्य चौकीका अहेव रामएकवाल ठाकुरले घरमै उपचार गरिरहेका थिए । सुधार भएपछि उनी चौकीमा फर्के ।’

आईतबार जिल्ला स्वास्थ्य कार्यालयबाट डाक्टर बबिन बस्नेत नेतृत्वको ५ जना स्वास्थ्यकर्मीको टोली औषधि सहित बजाहा गाउँ पुगेका छन् ।
साभार:कान्तिपुर