सशस्त्र प्रहरी बलको प्रमुखमा लामा पछि श्रेष्ठ
काठमाडौ, अषाढ २३ - सरकारले सशस्त्र प्रहरी बलका महानिरीक्षक सनत बस्नेतले अवकाश पाएपछि उक्त पदमा एआईजी किशोर लामालाई बढुवा गर्ने भएको छ । महानिरीक्षक बस्नेतले ३० वर्षे सेवा अवधिका कारण असार ३१ गते अवकाश पाउँदै छन् ।
सेवा अवधिकै कारण लामा पनि १४ दिन मात्रै संगठन प्रमुख हुन पाउनेछन् । ३० वर्षे सेवा अवधिको प्रावधानअनुसार उनले साउन १४ गते अनिवार्य अवकाश पाउनेछन् ।
गृह मन्त्रालय स्रोतका अनुसार लामाले अवकाश पाएपछि मात्रै बलको वरीयताक्रमको शीर्षस्थानमा रहेका शैलेन्द्र श्रेष्ठ महानिरीक्षक हुनेछन् । उनको कार्यकाल पनि नौ महिना मात्रै हुनेछ । श्रेष्ठले पनि सोही प्रावधानकै कारण वैशाखमा अवकाश पाउनेछन् ।
एआईजी लामालाई १४ दिनका लागि निमित्त प्रमुख बनाए पनि कामु र बढुवा गर्न नहुने बलका उच्च अधिकृतहरू बताउँछन् । एक महिनाको तलब पनि नपाउने समयका लागि दज्र्यानी चिह्न नै लगाउन पाउने गरी फोर्समा कायममुकायम र बढुवा दिनु उपयुक्त नहुने ती अधिकृतहरूको तर्क छ । गृह मन्त्रालयकै केही अधिकारी भने इमान्दारीपूर्वक काम गरेका सबैले मर्यादाक्रमका आधारमा उच्च पदमा पुगेर अवकाश पाउने अवसर पाउनुपर्ने घारणा राख्छन् ।
Source:Kantipurnews