पन्ध्रदिन भित्र मार्कसिट र प्रोभिजनल सर्टिफिकेट संगै दिइने
भक्तपुर, अषाढ ७ - परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यसवर्षदेखि विद्यार्थीको ‘मार्कसिट’सँगै ‘प्रोभिजनल सर्टिफिकेट’ पनि वितरण गर्ने भएको छ ।
विगतका वर्षहरुमा परीक्षाफल प्रकाशित भएको दुईसातामा ‘मार्कसिट’ र छ महिनापछि ‘प्रोभिजनल सर्टिफिकेट’ पठाइने गरेकामा यसवर्षदेखि विद्यार्थीलाई सहज बनाउन कार्यालयले सँगसँगै ‘मार्कसिट’ र ‘प्रोभिजनल सर्टिफिकेट’ पठाउन लागेको हो ।
यसवर्ष १५ दिनभित्र ‘मार्कसिट’ र ‘प्रोभिजनल सर्टिफिकेट’सँगै जिल्ला–जिल्ला पठाउन सुरु गरिने कार्यालयका उपनियन्त्रक डिल्लीराम लुइँटेलले बताए ।
‘मार्कसिट’ र ‘प्रोभिजनल सर्टिफिकेट’ फरक–फरक समयमा पठाउँदा विद्यार्थीले ‘मार्कसिट’ लैजाने तर ‘प्रोभिजनल सर्टिफिकेट’ लिन नआउने गरेकाले ‘प्रोभिजनल सर्टिफिकेट’ जिल्लामै थन्किएर बसेको हुँदा यसवर्षदेखि सँगै पठाउन सुरु गर्न लागेको बताए ।
‘प्रोभिजनल सर्टिफिकेट’ अहिले हरेक क्षेत्रमा अनिवार्य भए पनि विद्यार्थीले लैजान वास्ता नगर्ने गरेकाले जिल्ला–जिल्लामा थन्किएर रहेको छ ।
विद्यार्थीले आवश्यक पर्दामात्र यो ‘सर्टिफिकेट’ लिन आउने भएकाले विद्यार्थीलाई पनि झन्झट हुने र कार्यालयले पनि तयार पारेको ‘प्रोभिजनल सर्टिफिकेट’ जिल्लामै थन्किएर बस्ने गरेकाले यस्तो नहोस् भनेर यसवर्षदेखि ‘प्रोभिजनल सर्टिफिकेट’ पठाउन लागेको हो ।
त्यसैगरी कार्यालयले यसवर्षको परीक्षामा दुई विषयमा अनुत्तीर्ण भएकालाई मौका परीक्षाका लागि साउन १८ गतेसम्म परीक्षाको फाराम भर्ने समय तोकेको छ ।
त्यसका लागि कार्यालयले ‘मार्कसिट’ र ‘प्रोभिजनल सर्टिफिकेट’ जिल्ला पठाउँदा मौका परीक्षाको फाराम पनि सँगै पठाउने भएको छ ।
उपनियन्त्रक लुइँटेलले फाराम बुझाउन ढिला भए पनि परीक्षाको राजस्व भने विद्यार्थीले साउन १८ गतेभित्र बुझाइसक्नुपर्ने बताए ।
यसवर्षको मौका परीक्षा साउन २३ देखि ३० गतेसम्म सञ्चालन हुने भएको छ ।

Source:KantipurNews