नयाँ संविधान मंसिर १४ भित्र : उपाध्यक्ष गौतम
७ असार, काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले मंसिर १४ गतेभित्र जसरी पनि नयाँ संविधान जारी हुने बताउनुभएको छ ।
प्रेस चौतारी दाङले मंगलबार बिहान दाङको तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा उहाँले मंसिर १४ सम्ममा संविधान जारी हुने भन्दै यदि त्यसो नभए नेपाल र नेपालीको अस्तित्व नै समाप्त हुने चेतावनी दिनुभएको छ ।
उपाध्यक्ष गौतमले एमालेभित्र अन्तरविरोध नभएको बताउँदै, पहिले सामान्य रुपमा देखिएको अन्तरविरोध अहिले साम्य भइसकेको दाबी गर्नुभयो। साथै उहाँले एकीकृत नेकपा माओवादीभित्र देखिएको अन्तरविरोधले शान्तिप्रक्रियामा कुनै पनि असर गर्न नसक्ने ठोकुवा गर्नुभयो ।
कांग्रेसले सेना समायोजनको अडान राखेर सत्ता बार्गेनिङ गरिरहेको गौतमको आरोप छ । उहाँले कांग्रेसलाई आफ्नो ढिपी छाडेर सरकारमा आएर राष्ट्रिय स्वरुपको बनाउन पनि आह्वान गर्नुभयो
Source:Onlinekhabar