|

नेपाल असफल राष्ट्रको २४औं स्थानमा

७ असार, काठमाडौँ । विगतको तुलनामा नेपालले विश्वको सर्वाधिक असफल राष्ट्रको सूचीमा सामान्य सुधार गरेको छ ।
‘विश्वप्रसिद्ध फरेन पोलिसी नामक म्यागजीन’ ले विश्वका १ सय ७७ राष्ट्रमा गरेको अध्ययन प्रतिवेदनमा नेपाल २४औं बरियतामा परेको छ । सन् २००९ मा नेपाल असफल राष्ट्रको सूचीमा २३औं स्थानमा थियो । सन् २०१० मा त्यसमा झिनो सुधार गर्दै एक स्थान माथि उक्लन सफल भएको हो ।
जन्म तथा मृत्युदर, शरणार्थी, मानवअधिकार, शान्ति सुरक्षा, आर्थिक विकास, आन्तरिक हस्तक्षेप लगायत दस क्षेत्रमा भएको प्रगतिलाई आधारमा मानेर गरिएको अध्ययनका आधारमा बरियता निर्धारण गरिएको उक्त म्यागजिनले जनाएको छ ।
सूचीमा यसपाली पनि सर्वाधिक असफल राष्ट्रमा द्वन्द्वग्रस्त मुलुक सोमालिया परेको छ । यस्तै चाड, कम्बोडिया लगातका मुलुक पनि असफल राष्ट्रको सूचीमा पछाडि छन् । विश्वको सर्वाधिक सफल राष्ट्रको स्थान भने यसपटक पनि फिनल्याण्डले ओगटेको छ ।

Source:Onlinekhabar

Posted by Butwalonline on 10:29 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "नेपाल असफल राष्ट्रको २४औं स्थानमा"

Leave a reply