|

खगेन्द्र गए, बलाविङ आए

२९ जेठ, काठमाडौँ । विश्वका सबैभन्दा होचा मानिसको सूचीमा रहेका बागलुङका खगेन्द्र थापामगरको नाम आजदेखि गिनिजबुक अफ दी वल्र्ड रेकर्डबाट हट्ने भएको छ ।
खगेन्द्रभन्दा ४.४ इन्च होचा फिलिपिन्सका १८ वर्षीय जुन्रे बलाविङले आज विश्वको सबैभन्दा होचा मानिसको ताज पहिरिँदै छन् । हाल गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा नेपालका २६.४ इन्च उचाइका खगेन्द्र थापामगर सबैभन्दा होचा मानिसको रूपमा दर्ज छन् ।
गिजिन बुकमा नाम लेखाउन १८ वर्ष लागेको हुनुपर्ने प्रावधानअनुरूप उनको १८औ“ जन्म दिनमा तीनपटक उचाइ नापेर सो उपाधि प्रदान गरिने समाचारमा जनाइएको छ ।
बलाविङले  एउटी सुन्दरी श्रीमती चाहेको र उनी सम्भवतः आफूभन्दा अग्ली हुने बताएका छन् । उनी एक वर्षको भएपछि  उचाइ स्थिर रहेको बताइएको छ ।


Source:OnlineKhabar

Posted by Butwalonline on 11:33 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "खगेन्द्र गए, बलाविङ आए"

Leave a reply