|

नारायणीका सरकारी कार्यालय ठप्प

२९ जेठ, बारा । सहकर्मी हत्याको विरोधमा नारायणी अञ्चलभरका सरकारी कार्यालयका कर्मचारी कामकाज ठप्प पारी आन्दोलनमा उत्रिएका छन ।
जिल्ला हुलाक कार्यालय बाराका कर्मचारी धिरजा महत्तो कोइरीको हत्याको विरोधमा कर्मचारी आइतबार कार्यालयको कामकाज ठप्प पारी आन्दोलनमा उत्रिएका हुन् । कर्मचारी संगठनहरुले बारा र पर्साका सम्पूर्ण सरकारी कार्यालय आजदेखि तीन दिनसम्म बन्द रहने बताएका छन् ।
त्यस्तै मकवानपुरमा पनि आज एक दिनका लागि कार्यालयहरु बन्द गरिएको नेपाल निजामति कर्मचारी संगठन मकवानपुरका सचिव अच्युत उपाध्यायले जानकारी दिनुभयो ।
बाराका विभिन्न ९ वटा कर्मचारी संगठनहरुले नारायणी अन्चल अन्तर्गतका पाँच वटै जिल्लाका कार्यालयहरु बन्द गर्ने निर्णय गरे पनि चितवन र रौतहटमा भने कार्यालयहरु बन्द नरहेको हाम्रा सहकर्मीहरुले बताएका छन ।
हत्यामा संलग्नलाई कारवाही गर्नु पर्ने, मृतकलाई सहिद घोषणा गर्नु पर्ने, मृतक परिवारलाइ क्षतिपूर्ती बापत २० लाख रुपैयाँ दिनु पर्नेलगायत ७ सुत्रीय माग राखी कर्मचारी आन्दोलनमा उत्रिएका हुन । नेपाल निजामति कर्मचारी युनियन बाराका अध्यक्ष अशोक रौनियारले आफुहरुका मागबारे सरकारका तर्फबाट लिखित प्रतिबद्धता नआएसम्म आन्दोलन जारी रहने बताउनु भयो ।
जिल्ला हुलाक कार्यालय बाराका कर्मचारी कोइरीको शुक्रबार राति अज्ञात हतियारधारी समूहले नातेदारको विवाह भोजमा सहभागी भएर फर्कंदैगर्दा  गोली हानी  हत्या गरेको थियो ।
घटनामा संलग्न रहेको आशंकामा प्रहरीले राजेश यादवसहित तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Source:Onlinekhabar

Posted by Butwalonline on 11:38 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "नारायणीका सरकारी कार्यालय ठप्प"

Leave a reply