|

मदन भण्डारी राष्ट्रिय पुरस्कार 'मह' जोडीलाई

काठमाडौ, अषाढ ९ - तीन दशकदेखि कलाकारिताको माध्यमबाट समाज परिवर्तनमा पुर्‍याएको योगदानको कदर गर्दै मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यको ‘मह’ जोडीलाई मदन भण्डारी राष्ट्रिय पुरस्कार प्रदान गरिने भएको छ ।
मदन भण्डारी राष्ट्रिय पुरस्कार कोषको कार्य समितिको असार ४ गते बसेको बैठकले मह जोडीलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको संयोजक प्रदीप ज्ञवालीद्वारा बिहीबार जारी बिज्ञप्तिमा उल्लेख छ ।
एक लाख रुपैयाँ राशी रहेको उक्त पुरस्कार हरेक बर्ष मानव अधिकार र लोकतन्त्र स्थापनामा उल्लेख्य योगदान पुर्‍याउने, द्वन्द्व व्यवस्थापन र दिगो शान्तिको स्थापनामा महत्वपूर्ण भूमिका खेल्ने, सामाजिक न्याय, राष्ट्रिय स्वाभिमान, राष्ट्रिय एकता र अखण्डतालाई सबल बनाउन योगदान दिने ब्यक्तिलाई दिने बताइएको छ ।
पुरस्कार बुहदलीय जनवादका प्रतिपादक एमालेका तत्कालिन महासचिव मदन भण्डारीले समाजको शान्तिपूर्ण रुपान्तरणमा दिएको योगदानको सम्मान र स्मरणमा स्थापना गरिएको जनाएको छ ।
पुरस्कार भण्डारीको ६० औं जन्म जयन्तीका अवसरमा असार १४ गते आयोजना गरिने विशेष समारोहमा सम्माननीय राष्ट्रपति डा.रामवरण यादवको हातबाट प्रदान गर्ने कार्यक्रम रहेको छ ।  


Source:kantipurNews

Posted by Butwalonline on 8:58 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "मदन भण्डारी राष्ट्रिय पुरस्कार 'मह' जोडीलाई"

Leave a reply