महिलाद्वारा खुकुरी हानेर एकको हत्या, तीन गम्भीर
धनकुटा, अषाढ ९ - जिल्लाको फाक्सिव गाविसमा विहीवार अपरान्ह दुई पक्षबीच भएको झडपमा एकको मृत्यु भएको छ । घटनामा अन्य तीन गम्भीर घाइते भएका छन् ।
फाक्सिव ७ का चन्द्रकुमारी परियार र सम्झना लिम्बुले स्थानीय श्रीकुमारी लिम्बुलाई बिजुली चोरेको आरोप लगाउँदा उत्पन्न विवादमा झडप भएको प्रहरीले जनाएको छ । दिउँसो साढे २ बजे भएको घटनामा श्रीकुमारीमाथि खुकुरी प्रहार गर्दा उनको घटना स्थलमा नै मृत्यु भएको छ ।
आक्रमणमा उत्रिएका चन्द्रकुमारी र सम्झनाले छुट्याउन पुगेका छिमेकी तथा मृतककी बुहारी निर्मला लिम्बुलाई समेत खुकुरी प्रहार गरेका छन् । घटनामा निर्मलाको शरिरका विभिन्न भागमा चोट लागेको छ । यस्तै स्थानीय सुमन विश्वकर्मालगायत घाइते भएका छन् ।
गाउँमा हुने महिला समुहको नियमित बैठकबाट फर्किने क्रममा मृतक श्रीकुमारीलाई बाटैबाट कुटपिट गरेका थिए भने सम्झनाले आफ्नो घरबाट खुकुरी ल्याइ जथाभावि आक्रमण गर्दा उनको मृत्यु भएको प्रहरी निरीक्षक विनोद शर्माले जानकारी दिए ।
आक्रमणकारी मध्ये सम्झना नजिकको फाक्सिब जंगलतर्फ फरार भएकी छिन् भने चन्द्रकुमारीलाई स्थानीयबासीले नियन्त्रणमा लिइ प्रहरीलाई बुझाएका छन् । सदरमुकामबाट १२ कोशको दुरीमा रहेको घटनास्थलमा प्रहरी निरीक्षक अनिल पौडेलको नेतृत्वमा सदरमुकाम तथा राजारानी र ओखे्र प्रहरी चौकीबाट प्रहरी खटिएको छ ।
फाक्सिब जंगललाई चारैतिरबाट प्रहरी र स्थानीयबासीले घेरा हालि राति अबेरसम्म खोजिरहेको प्रहरीले जनाएको छ । घरभित्र लुकिरहेको शंकामा फरार सम्झनाको बन्द घरको छानो उधारेर प्रहरीले खानतलासी गरेपनि फेला नपारेको स्थानीयले बताए ।
Source:Kantipurnews