गृहमन्त्री इतिहासकै सबैभन्दा नालायक : महत
काठमाडौं, असार ९ (नागरिक)- आफ्नै पार्टीका कार्यकर्ताले राखेको दावी गर्दा समेत सरकारले पत्रकार आक्रमणका दोषी पक्रन नसक्नुले गृहमन्त्री इतिहासकै सर्वाधिक नालायक प्रमाणित भएको कांग्रेस केन्द्रीय सदस्य रामशरण महतले बताएका छन्।
'सरकार, प्रधानमन्त्री र गृहमन्त्री नालायक साबित भएका छन्,' उनले रिपोर्टस क्लबमा आज आयोजित कार्यक्रममा भने।
यसैगरी सुडान घोटालामा नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौला र नेतृ सुजाता कोइरालाका ज्वाइँ रुबेल चौधरी संलग्न भएको दावीसहितका समाचार आइरहेका बेला केन्द्रीय सदस्य रामशरण महतले प्रमाण बिना कसैलाई दोष दिन नहुने बताएका छन्।
'सुडान घोटालामा राजनीतिक नेतृत्वको संलग्नता छैन', महतले भने, 'अख्तियारले दायर गरेको मुद्दाले समेत यसको पुष्टि गरिसकेको छ।'
तत्कालीन गृहमन्त्री एवं नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौला सुडान काण्डमा संलग्न नभएको दावी उनले गरे।
महतले भने- 'बिना प्रमाण कसैलाई दोष लगाउन पाइँदैन, दोषी ठहरिए जस्तोसुकै शक्तिशाली भएपनि त्यसले उन्मुक्ति पाउनु हुँदैन।'
Source:NagarikNews