|

ऐन विपरितका सरुवा एक साताभित्र बदर गर्न निर्देशन

९ असार, काठमाडौं । व्यवस्थापिका संसदको राज्य समितिले निजामति सेवा ऐन विपरित भएका सरुवा एक साताभित्र बदर गर्न निर्देशन दिएको छ ।
सामान्य प्रशासन मन्त्री युवराज कर्की र राज्यमन्त्री डम्बर सम्बाहाम्फेले निजामति सेवा ऐन विपरित कर्मचारी गरेको उजुरी परेपछि समितिको बिहीबारको बैठकले यस्तो निर्देशन दिएको हो ।
सामान्य प्रशासन मन्त्री र राज्यमन्त्रीसँगको छलफलपछि समितिका सभापति रामनाथ ढकालले ऐन विपरित सरुवा नगर्न यसअघि दिएको निर्देशनपछि भएका ऐन विपरितका सरुवा बदर गर्न निर्देशन दिनुभयो ।
समितिले सरुवा बदर गरिएकोबारे जानकारी गराउन पनि भनेको छ । सामान्य प्रशासन मन्त्री र राज्यमन्त्रीले करिव गत महिना डेढ सय कर्मचारीको सरुवा गरेको थियो ।
सरुवा निजामति सेवा ऐन विपरित भएका भएको भन्दै कर्मचारी संगठनहरुले राज्य व्यवस्थामा उजुरी दिएका थिए । समितिको बैठकमा नेपाली कांग्रेसका अजुर्न जोशी र माओवादीका दिनानाथ शर्माले निजामति सेवा ऐन विपरित सरुवा गर्नेहरुमाथि कारवाही गर्न माग गरेका थिए ।

Source:Onlinekhabar

Posted by Butwalonline on 2:40 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "ऐन विपरितका सरुवा एक साताभित्र बदर गर्न निर्देशन"

Leave a reply