सुनसरीको नरसिंह अझै तनावग्रस्त
इनरुवा, जेष्ठ २८ - बिद्यालय भवन निर्माणको बिषयमा दुई पक्षबीच बिबाद भइ झडप भएको सुनसरीको नरसिंह क्षेत्र शनिबार बिहान सम्म पनि सामान्य हुन सकेको छैन् । कुनैपनि बेला पुनः झडप हुन सक्ने भयले स्थानियवासी त्रसित बनेका छन् । सम्भाबित झडपको आशंकामा रातभरि नै त्यहाँ सशस्त्र, जनपद र सादा पोसाकमा उल्लेख्य संख्यामा प्रहरी परिचालन गरिएको थियो । अहिले बिहानवाट सशस्त्र प्रहरी हटाइएपनि नेपाल प्रहरी र सादा पोसाकका प्रहरी त्यहा परिचालित रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । नरसिंह स्थित आर्दस प्राबिको भवन निर्माणका बिषयमा भइरहेको शिलन्यास कार्यक्रममा ब्यबस्थापन समिती पक्ष र ब्यबस्थापन समिती नै बिघटन हुनुपर्ने माग गर्ने पक्ष बीच हिजो अपरहान्ह झडप हुदा १७ जना घाइते भएका थिए । घाइते मध्ये गम्भिर रहेका ११ जनाको बिराटनगरमा र एकजनाको भारतको सिलीगुडीमा उपचार भइरहेको छ । दुइपक्ष बीचको झडप पछि एक पक्षले अर्को पक्षको mसमर्थक भेटने बितिकै आक्रमण गर्न थालेपछि हिजो दिनभर सो क्षेत्र तनावग्रस्त बनेको थियो ।
Source:KantipurNews
Source:KantipurNews