अरबको खाडीमा नेपाली रौनक
यति बेला अरबको खाडीमा सहिनसक्नु गर्मी छ। खुला ठाउँमा कुनै कार्यक्रम होला भन्ने आशा गर्न सकिँदैन। कार्यक्रम गर्न कि एसीयुक्त हल नै खोज्नुपर्छ कि रातको समय। यस क्रममा एक नेपाली सांगीतिक समूहले हल नरोजेर रात रोज्यो र दुई खुला ठाउँमा कार्यक्रम सम्पन्न गर्यो।
दोहा चिडिखानाको खुला आकाशमुनि 'डि्रम पार्क' मा दिउँसोको उखरमाउलो गर्मी छल्दै बिहीबार र शुक्रबार राति ७ बजेदेखि करिब मध्यरातसम्म नेपाली सांगीतिक कार्यक्रम भएको थियो। स्वदेशी तथा विदेशी कलाकारहरूलाई एकै ठाउँमा जुटाएर नेपाली युवाहरूको सांगीतिक समूह म्युजिक अफ हार्मोनी रक्स, कतारले उक्त कार्यक्रम सम्पन्न गरेको हो।
कार्यक्रममा नेपाल १९७४ एडी ब्यान्डका भोकलिस्ट एडि्रयन प्रधान, गिटारिस्टद्वय ड्रमर निराकर याक्थुङ, मनोज केसी तथा ड्रमर सञ्जय श्रे ष्ठले यो मन त मेरो नेपाली गीत गाएर उपस्थित सबैलाई उराले। इन्डियन आईडल प्रशान्त तामाङले त्यसैमा मिसिएर साथ दिएका थिए। ६ वर्षको अन्तरालपछि १९७४ एडी दर्शकको उत्साह देखेर छक्क पर्यो। नायिका तथा नृत्याङ्गा दिया मास्केले सांगीतिक कार्यक्रममा देखाएको नृत्यले दर्शकहरूलाई तानिन्। हास्यकलाकार जितु नेपाल (मुन्द्रे) ले रामचन्द्र पौडेल, शेरबहादुर देउवा र सुशील कोइरालाको 'अस्पष्ट' बोली र अस्पष्ट निर्णय मात्र सुनाएनन्, आफ्नै सरकार ढाल्न पछि नपर्ने एमालेको नीति देखाउँदै माधव नेपाल भएर भाषण ठोके। मुन्द्रेले एउटै पार्टीमा तीनतिर फर्किएका मोहन वैद्य, बाबुराम भट्टराई र पुष्पकमल दाहालका छिनाझप्टी उनीहरूकै बोलीमा सुनाए।
कार्यक्रममा इन्डियन आइडल तामाङ एक दिनमात्र सहभागी भएपछि पहिलो दिनका दर्शक निराश थिए। कोलकाताबाट फ्लाइट ढिलाइका कारण दोस्रो दिनमात्र मञ्चमा उपस्थित तामाङलाई थुप्रै दर्शकले साथ दिए। कार्यक्रममा स्थानीय पाकिस्तानी ब्यान्ड तथा फिलिपिनो ब्यान्ड पनि सहभागी थिए।
Source:saptahikkantipur