माओवादी केन्द्रीय समिति बैठक तीन दिनका लागि स्थगित
काठमाडौ, अषाढ १० - बहुप्रतिक्षित माओवादी केन्द्रीय समितिको बैठक फेरि तीन दिनका लागि स्थगित गरिएको छ । शुक्रबार सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले आफ्ना धारणा राखेपछि बैठक स्थगित गरिएको थियो ।
अध्यक्षले प्रस्तुत गरेका एजेण्डाहरुमा तयारीका लागि बैठक स्थगित गरिएको बताईको छ । अध्यक्ष दाहालले सेना समायोजन,संविधान,सरकार,अन्तरसंघर्ष,कार्य विभाजन,भावि संघर्षका स्वरुप र विविध लगायतका विषयको एजेण्डा बैठकमा राखेका छन् ।
बैठकमा बोल्दै दाहालले शान्ति र संविधानका विषयमा माओवादी दृढता पूर्वक अघि बढीरहेको बेला कांग्रेसका कारण शान्ति प्रक्रियामा अवरोध आउने गरेको बताए । उनले पार्टी भित्रको अन्तरसंघर्ष व्यवस्थित गर्दै अघि बढ्नुपर्ने उल्लेख गरे । उनले फरक मत विषयमा फोरममा छलफल गर्दै गर्ने र महाधिवेशनबाट त्यसलाई टुंग्याउनुपर्ने बताए ।
Source:nagariknews