‘प्रेस विरोधीलाई कारवाहि गर्न माग’
विनोद परियार
बुटवल,१० असार । प्रेसमाथिको आक्रमण सिंगो मुलुकमाथिकै आक्रमण भएकोले दोषीलाई तत्काल कानुनी कठघरामा ल्याउन नागरिक समाज अगुवा तथा मानवअधिकाबादीहरुले माग गरेका छन् । विराटनगरका पत्रकार खिलानाथ ढकालमाथिको आक्रमण र प्रेस विरोधी गतिविविधलाई रोक्न माग गर्दै नेपाल पत्रकार महासंघले थालेको दोस्रो चरणको आन्दोलन अन्तर्गत शुक्रबार महासंघको शाखा कार्यलय रुपन्देहीले आयोजना अन्तरक्रिया कार्यक्रममा सहभागि नागरिक समाजका अगुवा तथा मानवअधिकार कर्मिहरुले यस्तो बताएका हुन् ।
स्वतन्त्र प्रेसमाथि आक्रमण हुदा समेत दोषीलाई कानुनी दायरामा नल्याएर राज्य निरीह र दण्डहिनताको पहरेदार बनेको उनीहरुको ठहर छ ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य एंव पश्मिाञ्चल संयोजक मोहन चापागाईले ब्यक्ति विशेष र दलको भन्दा पनि प्रबृत्तिको विरुद्ध महासंघ आन्दोलनमा उत्रेको बताए । ‘कुनै अमुक राजनितिक शक्तिको आडमा पत्रकारहरुको कलमलाई दवाउन खोज्नु भनेको नागरिकको अभिब्यक्ति स्वतन्त्रतालाई पनि गुमराहमा पार्नु हो’ उनले भने ।
महासंघको आन्दोलन दण्डहिनता,अराजकता र अन्यायका विरुद्ध भएकाले सबैले साथ दिनुपर्ने चापगाईको भनाई छ ।
नागरिक समाजका अगुवा पदम कार्कीले प्रेसमाथिको आक्रमण राज्य विरुद्ध भएकाले दोषीलाई कारवाहि हुनुपर्ने बताए । उनले राज्यसत्ताका प्रमुख शक्तिहरुनै यस्ता गतिविधिमा संलग्न हुनुले देशको अवस्था डरलाग्दो हुदै गएको बताए । जवाफदेहि निगरानी केन्द्रका शिव प्रसाद गौडेलले पत्रकार आक्रमण गर्नेहरु खुलेआम पक्राउ गर्न चुनौती दिदै हिड्दा समेत राज्य निरीह भएर बसेकोमा आपत्ति जनाए । उनले विराटनगरका पत्रकार ढकालमाथि आक्रमण गरेका भनिएका पर्शुराम बस्नेतलाई तत्काल कानुनी दायरामा ल्याएर कारवाहि प्रकृया अघि बढाउनुपर्ने बताए । काहुराष्ट्रका नेत्र बहादुर पाण्डेले दलहरुकै कारण कानुनी राज्यको उपहास भएको भन्दै प्रेसमाथिको आक्रमणका विरुद्ध सबै अधिकारकर्मिको साथ रहने बताए । महासंघ शाखा रुपन्देहीका अध्यक्ष दीपक ज्ञवालीको अध्यक्षता तथा सहसचिव टि.पि भुषालको संचालनमा भएको कार्यक्रममा फोसाडका पुरुषोतम घिमिरे,मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका गोविन्द खनाल,चाँदनी नेपालका भवानी प्रसाद पाण्डे,द्धन्द्धपिडित महिला रिता सेनले बोल्दै पत्रकार आक्रमणका दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन माग गरेका थिए । पत्रकार महासंघले दोस्रो चरणको कार्यक्रम अन्तर्गत शुक्रबार देशब्यापी मानवअधिकार कर्मि र नागरिक समाजका अगुवाहरुसंग अन्तरक्रिया सम्पन्न गरेको हो ।
Posted by Butwalonline
on 3:27 PM. Filed under
Lok Thatta,
News
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response