मलेसियाको ६ पी कार्यक्रमले नेपाली कामदारलाई पनि राहत
काठमाडौं, असार
मलेसिया सरकारले आफ्नो मुलुकमा कार्यरत अवैधानिक विदेशी कामदारहरूका सम्बन्धमा ल्याउन लागेको नयाँ नीतिले अबैध रूपमा बसेका नेपाली कामदारसमेत लाभान्वित हुने भएका छन् । ६ पी (दर्ता, बैधानिकता, आममाफी, निरीक्षण, जागरण र स्वदेश फिर्ता) कार्यक्रमअन्तर्गत अवैधानिक रूपमा मलेसियामा बसेका नेपाली कामदारलाई पनि राहत मिल्ने भएको छ । मलेसिया सरकारले विदेशी कामदारमध्ये अवैधानिक कामदारलाई बैधानिक बनाउने वा घर फर्कन चाहनेलाई फिर्ता हुन दिनेसम्बन्धी कार्यक्रम ल्याउने भएपछि नेपाली अवैधानिक कामदारलाई समेत बाटो खुल्ला भएको हो । गत सेप्टेम्बरमा ल्याउने भनिएको यो कार्यक्रम जुलाईको पहिलो साता घोषणा हुनेछ । बंगलादेशका कामदारका विषयमा के गर्ने भन्ने विषयले गर्दा कार्यक्रम घोषणा हुन ढिला भएको स्रोतले जनाएको छ । मलेसियामा करिब २० लाख अवैधानिक विदेशी कामदार रहेको त्यहाँको सरकारले जनाएको छ । बिना कारबाही फर्काउने र आवश्यकता हेरी केहीलाई बैधानिक बनाउने मलेसिया सरकारको योजनाले नेपाली कामदारलाई टेवा पुग्नेछ नेपालका लागि मलेसियाका राजदूत डा. ऋषिराज अधिकारीले बताए । उनका अनुसार अहिले विदेशी कामदार पठाउने मुलुकका राजदूतावासहरूसँग राय परामर्श लिने काम मलेसिया सरकारले गरिरहेको छ । मलेसियामा विभिन्न क्षेत्रमा बैधानिक तथा अवैधानिक अवस्थामा कार्यरत कामदारहरूलई औंठाछाप प्रणालीद्वारा रजिस्टेसन गरिने र यस्तो रजिस्टेसन गर्न रोजगारदाता र कामदारलाई ७ दिनको मौखिक जानकारी दिइने अधिकारीले जानकारी दिए ।
नेपाली कामदारका लागि नागरिकताको सक्कलै प्रमाणपत्र र नेपाली राहदानी तथा मलेसियामा काम गर्दाको भिसाको कागजपत्र साथै राहदानी हराएको भएमा पुलिस प्रतिवेदनका साथ रोजगारदाताको सबै प्रक्रिया पु¥याएपछि नेपाल दूतावासमार्फत राहदानी दिइने राजदूतावासले जनाएको छ । अधिकारीका अनुसार घर फर्कन चाहने कामदारका लागि आफ्नो नागरिकताको सक्कलै प्रमाणपत्र र नेपाली राहदानी तथा मलेसियामा काम गर्दाको भिसाकोप्रति पेस गरेमा राजदूतावासले एकतर्फी यात्रा अनुमतिपत्र दिनेछ । अवैधानिक कामदार वैधानिक हुन निश्चित जरिवाना तिर्नेपर्ने हुन्छ तर कति जरिवाना तिर्नुपर्ने हो त्यो अहिलेसम्म खुलाइएको छैन ।
विभिन्न समयमा विभिन्न देशमा यस्तो कार्यक्रम आउने गर्दछ परराष्ट्र मन्त्रालयका प्रवक्ता दुर्गा भट्टराईले भने मलेसिया सरकारले ल्याउन लागेको यो कार्यक्रमले धेरै नेपाली कामदारलाई राहत मिल्नेछ । वैदेशिक रोजगारका लागि मलेसियामा नेपाली कामदारको माग धेरै हुन थालेपछि पछिल्लोपटक त्यहाँ जानेको संख्या पनि बढेको छ । मलेसिया पुगेका युवाहरू प्रायः कम्पनीमा सम्झौताअनुसार काम नगरी अन्यत्र जाने हुनाले अवैधानिक हुनेको संख्या पनि बढेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका सदस्य सुवर्ण श्रेष्ठले बताइन् । “यसै साता म मलेसियाको भ्रमण गरेर फर्के उनीहरूको अवस्था राम्रो छैन,” उनले भने । मलेसिया सरकारले ल्याउन लागेको नयाँ कार्यक्रमले हाम्रा दाजुभाइलाई पनि राहत मिल्नेछ श्रेष्ठले भनिन् । संघका महासचिव कुमुद खनालले ६ पी कार्यक्रममार्फत त्यहाँ रहेका नेपाली कामदारलाई फाइदा पुग्ने बताए । १० महिनाअघि नै गर्ने भनिएको यो कार्यक्रम जुलाईबाट लागू भए पनि नेपाली कामदारलाई राहत पुग्छ । कामदार फिर्ता गर्ने र बैधानिक बनाउने विषयमा कम्पनीमार्फत जाँदा राम्रो हुने उनले बताए । राजदूतावासले सिधै निवदेन लिनुभन्दा पनि कम्पनीमार्फत गयो भने काममा सहज हुनेछ ।
अवैधानिक कामदारले बैधानिकता पाउन मलेसियाली रोजगारदाता वा सिफारिस गर्ने कुनै कम्पनी हुनुपर्नेछ साथै रोजगारदाताले निवेदक कामदारको वर्क पर्मिटका लागि आवश्यक कागजात अध्यागमन विभागमा बुझाउनुपर्ने हुन्छ । मलेसियन सरकार र नेपाली राजदुतावासले यो कार्य गर्ने कुनै पनि व्यक्ति तथा संस्थालाई अनुमति नदिएको स्पष्ट पारेको छ । त्यसैले कुनै पनि व्यक्ति तथा संस्था प्रतिनिधि भन्दै रकम माग गरेमा त्यसको पछि नलाग्न र आफ्ना कागजपत्र नदिन आफ्ना नागरिकलाई नेपाली दूतावासले आग्रहसमेत गरेको छ ।
Source:KarobarDaily