जनगणना दिवसमा आज विदा
काठमाडौं, असार ८ एघारौं राष्ट्रिय जनगणना दिवसका अवसर पारेर बुधबार 'जनगणना शताब्दी स्तम्भ' को अनावरण गरिने भएको छ। दिवसका अवसरमा सरकारले सार्वजनिक विदा दिने घोषणा गरेको छ।
बिहान दस बजे प्रधानमन्त्री झलनाथ खनालले स्तम्भ अनावरण गर्नेछन्। एघारदिने जनगणनाको छैंटौं दिनमा मनाइने दिवसमा सार्वजनिक विदा दिएको पहिलोपटक हो।
केन्द्रीय तथ्यांक विभागको प्रांगणमा स्थापना गरिएको स्तम्भ जनगणना सय वर्ष पूरा भएको अवसरमा स्थापना गरिएको उपमहानिर्देशक विकास बिष्टले बताए। उनले भने, 'सार्वजनिक बिदा भए पनि जनगणना रोकिँदैन।'
(नागरिक)