बसमा ढुंगा खस्दा १ को मृत्यु , तीन घाइते
चितवनको नारायणगढ– मुग्लीङ्गसडकखण्ड अन्र्तगत चण्डीभञ्ज्याङ्ग गाबिस ९ मा सोमबार बिहान गुडीरहेको बसमाथी भिरबाट ढुङ्गा खस्दा एक यात्रुको घटनास्थलमै मृत्यु भएको छ ।
ढुंगा लागेर तीन जना गंभीर घाईते छन् । घाइतेको भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । मृतकमा सिराहा खर्कमी का ३० बर्षीय सन्तु सफि रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ
राजविराजबाट काठमाडौं जादैं गरेको ना ४ ख ५०५१ नम्बरको बसमाथि पाचकिलो भन्ने स्थानमा भिरबाट करिब १० टनको ढुङ्गा खसेको थियो । ढुंगा अहिले पनि बसभित्रै छ । घटनापछि बसका चालक फरार रहेको प्रहरीले जनाएको छ ।
यसैबीच पहिरोले सोमबार बिहानै देखि अबरुद्ध मुग्लीङ्ग–नौंबिसे सडक खण्ड एक तर्फी रुपमा सञ्चालनमा आएको छ । चितवनको दारेचोक ३ सिमलधारामा पहिरो खसेपछि बिहानदेखि बाटो अबरुद्ध भएको थियो । बाटो पुर्णरुपमा सञ्चालनमा ल्याउने प्रयास भईरहेको चितवन प्रहरीले जनाएको छ । सो स्थानमा यसअघि पनि पटक पटक पहिरो खस्दा बाटो अबरुद्ध हुदैं आएको थियो ।
Source:KantipurNews