|

कङ्ग्रेसले दाहाललाई प्रधान मन्त्रीको प्रस्ताव राखेको थियो : वर्षमान पुन

अब दाहाल प्रधान मन्त्री नबन्ने-काठमाडौं, जेठ २० (नागरिक)- एकीकृत नेकपा माओवादी स्थायी कमिटी सदस्य वर्षमान पुनले नेपाली कङ्ग्रेसका सभापति सुशील कोइरालाले सहमतिको सरकारको नेतृत्व गर्न माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई प्रस्ताव गरेको खुलासागरेका छन्। रिपोर्टर्स क्लब नेपालले शुक्रबार आयोजना गरेको साक्षात्कारमा पुनले विभिन्न समयमा भएको भेटवार्तामा कङ्ग्रेस सभापति कोइरालाले शान्ति प्रक्रियालाई अगाडि बढाउनूस्, तपाईं प्रधान मन्त्री बन्नूस्, हामी सबैखाले सहयोग गर्न तयार छौं भनेर प्रस्ताव राखेको बताएका हुन। कङ्ग्रेस सभापति कोइरालाले स्वर्गीय गिरिजाप्रसाद कोइरालापछि अविभावकको रुपमा दाहालले भूमिका खेल्नुपर्ने सुझाव पनि दिएको उनले बताए। उनका अनुसार सभापति कोइरालाको दाहालको नेतृत्वमा सहमतिको सरकार निर्माण हुने विश्वास थियो।

यद्यपि दाहाल भने अहिले प्रधान मन्त्री बन्ने योजनमा नरहेको पुनको दाबी थियो। उनले भने– अब अध्यक्ष चार पाँच महिनाका लागि प्रधान मन्त्री बन्नुहुन्न। हामीले पनि उहाँलाई प्रधान मन्त्री भन्दा स्टेटम्यान बन्न सुझाव दिएका छौं। अध्यक्ष अब प्रधान मन्त्री बन्नुहुन्न। उहाँ बाहिरै बसेर सरकार सञ्चालन, शान्ति र संविधान निर्माणमा देखिएका विवाद समाधानमा लाग्नुहुन्छ।साक्षात्कारमा पुनले सरकारको विवादमा अल्झिँदा स्टेटम्यानसीप बन्ने अवस्थामा खतरा आउने भएकाले पनि अध्यक्ष दाहाल प्रधान मन्त्री नबन्ने स्पष्ट पारे। उनले भने- अध्यक्ष दाहाल प्रधान मन्त्री बन्दा समस्या समाधान र सहमतिको साझा व्यक्तित्व मुलुकले गुमाउँछ।

उनले अबको सरकार शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउँदै संविधान जारी गरुन्जेलसम्मका लागि  र संविधान लागू भएपछि निर्वाचन सम्पन्न गर्ने गरी आलोपालो प्रणालीमा बन्ने सम्भावना औल्याउँदै यसो गर्न सके सङ्क्रमणकालीन व्यवस्थापन हुने स्पष्ट पारे।

माओवादी शान्ति र संविधान निर्माणमा अनपेक्षित सम्झौता गरेर सरकारको नेतृत्व लिने पक्षमा नरहेको उल्लेख गर्दै उनले शान्ति र संविधान बन्ने सुनिश्चित भएको अवस्थामा स्वाभाविकरुपमा नेतृत्वमा माओवादीको दाबी हुने दाबी पनि गरे।

Source:NagarikNews

Posted by Butwalonline on 12:42 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "कङ्ग्रेसले दाहाललाई प्रधान मन्त्रीको प्रस्ताव राखेको थियो : वर्षमान पुन"

Leave a reply

ताजा अपडेट

तपाईंका प्रतिक्रियाहरु