नातिनातिनाको संख्या एक सय २०
कमल थापा, रुकुम, जेठ ३१- झुला-७ का महावीर ओली ९० वर्षका भए। उनका नातिनातिनीको संख्या भने एक सय २० पुगिसकेको छ। महावीरका एक छोरा र चार छोरी हुन्। तिनका पनि नातिनातिनी, पनातिपनातिनी र जनातिजनातिनी भइसकेका छन्।
ती सबै दशैंमा महावीरकहाँ टीका थाप्न आउँछन्। उनी पनि सुहाउने खालकै आशीर्वाद दिन्छन्, 'सन्तानले डाँडाकाँडा ढाकुन्।'
'सानैमा विवाह भयो, आयु पनि लामो पाएँ, मलाई सन्तोष छ,' महावीरले भने, 'यति धेरै सन्तानको हजुरबा हुने मौका भाग्यमानीले मात्र पाउँछन्।' एक सय ५० जनासम्म सन्तान देख्ने धोको रहेको उनले सुनाए।
महावीरकी पत्नी लालीको १२ वर्षअघि मृत्यु भइसकेको छ। उनले पनि ८० सन्तान देखेको उनले बताए। ९० वर्षीय महावीर अहिले पनि खाली खुट्टा एकै दिनमा घरदेखि सदरमुकाम ओहोरदोहोर गर्छन्।
'हाम्रो पालामा जुत्ता लगाउने चलन थिएन, यस्तै बानी पर्यो,' उनले भने, 'त्यसैले जुत्ता, चप्पल लगाएर हिँड्न जान्दिनँ।'
Source:NagarikNews