|

सुजाता आन्दोलनको विपक्षमा

भरतपुर, जेष्ठ ३१ - कांग्रस केन्द्रीय सदस्य सुजाता कोइरालाले नेपाली कांग्रेस जिल्ला सभापतिको भेलाले गरेको आन्दोलनको निर्णयमा आफू असहमत रहेको बताएकी छन् ।
उनले मुलुक अन्यौलमा रहेको बेला गरिने आन्दोलनलाई जनताले साथ दिन/नदिने पक्का नभएको बताइन । हालै सभापति भेलाले गरेको उनले उक्त निर्णय केन्द्रीय समितिले पारित गर्न बांकी रहेकाले पुर्नबिचार गरिनेे बताइन् ।
प्रेस युनियन चितवनले आज बिहान नारायणगढको गरेको पत्रकार भेटमा बोल्दै उनले माओवादीले रक्तपात बिनै शान्ति प्रक्रिया टुंग्याउनुपर्ने भनिन् । 'भदौ १४ भित्र ५ बुंदे सहमति पालना नभए संविधानसभाको विकल्प रोज्नु पर्छ,' उनको कथन थियो ।
शान्ति पक्रिया पुरा गरे माओवादीको इतिहास बन्ने उल्लेख गर्दै उनले आलटाल गरे माओवादी छिन्न भिन्न भएर सकिने दावी गरिन् । 'हामीलाई त प्रजातन्त्रका लागि लडन बानी परिसक्यो,' उनले भनिन् ।
उनले शान्ति प्रक्रिया समाप्त हुनु अघि हतियार सरकारलाई बुझाएर माओवादी लडाकुको समायोजन सकिनुपर्नेमा जोड दिइन । 'समायोजन पुरा नगरी संविधान बन्दैन ,' उनको कथन थियो ।

Source:KantipurNews

Posted by Butwalonline on 9:54 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सुजाता आन्दोलनको विपक्षमा"

Leave a reply