|

नगर अधिकृत रातारात हिडे

इनरुवा, जेष्ठ ३१ - नगरपालिकाको लाखौ रकम भ्रष्टाचार गरी कार्यकारी अधिकृत कसैलाइ थाहै नदिइ काज सरुवा गराइ गएको भन्दै दलिय संयन्त्रका प्रतिनिधीहरुले मंगलबार इनरुवा नगरपालिकाका कार्यकारी अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।
कार्यकारी अधिकृत जगदिश्वर सेढाइले नगरको लाखौ रकम भ्रष्टाचार गरेको र मंगलबार बिहान आठ वजे रकमको हिसाव किताव दिने भनेर दलिय संयन्त्रको बैठक बोलाइ आफू राति नै इनरुवा छोडेर गएपछि आक्रोसित बनेका संयन्त्रका प्रतिनिधीहरुले बिहान १० वजे कार्याकारी अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । कार्यकारी अधिकृत सेढाइको काज सरुवा स्थानिय बिकास मन्त्रालय भएको थियो ।
नगरपालिकाका इन्जिनयर इन्द्रानन्द साहले कर्मचारी समेतलाइ जानकारी नदिइ गएराति कार्यकारी अधिकृत सेढाइ राजधानी गएको बताए । आफूखुसी रकम खर्चेर भ्रष्टाचार गरेका कार्यकारी अधिकृत सेढाइले आपनो पोल खुल्ने डरले हतारमा काज सरुवा गराइ गोप्य तरिकावाट राजधानी गएको नगरपालिकामा एकिकृत माओवादीका प्रतिनिधीरहेका राजन भटराइले बताए । सेढाइले गरेको भ्रष्टाचारवारे छानविन भइ कारवाही नभए सम्म तालाबन्दी जारी रहने भटराइले जनाए ।

Source:kantipurnews

Posted by Butwalonline on 9:52 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "नगर अधिकृत रातारात हिडे"

Leave a reply