किशोरीको विभत्स हत्या
परासी, जेष्ठ ३१ - सोमबार राति यहाँकी एक किशोरीको चक्कु प्रहार गरी हत्या भएको छ । माकर ४ वर्दघाटको थारुटोल स्थित कुमुदिनी बोर्डिग नजिकै घर भएका स्थानीय शिक्षक कृष्ण चापागाईका १७ बर्षीय सुवेक्षा चापागईको हत्या भएको हो ।
छतमा हत्या भएको बिहान मात्रै थाहा भएको पीडित परिवारले जनाएका छन् । परिवारिक श्रोतका अनुसार घरभित्र सुतिरहेको अवस्थामा केही युवाहरु झ्यालको ढोकामा रहेको गि्रल झिकेर घरभित्र पसि किशोरीलाई क्षतमा लगि हत्या गरिएको छ । किशोरीको पिठ्युमा दर्जन बढि स्थानमा चाक्कुले घोचेको घाउ रहेको छ । ठाउँ-ठाउँमा नसा समेत काटेर अत्याधिक रtmश्राव भएको पीडित परिवारले जनाएका छन् ।
रगतले लतपत्तिएका किशोरीको बलत्कार गरी हत्या गरिएको अनुमान छिमेकीहरुले गरेका छन् । विभत्स हतया भएको इन्सेक जिल्ला प्रतिनिधि समेत रहेका स्थानीय नारायण पराजुलीले बताए । किशोरी स्थानीय न्यु बोर्डिङ स्कुलबाट प्रवेशिका परिक्षा दिएर घर बस्दै आईरहेकी थिईन् ।
आमा विगत पाँच बर्ष देखि हङकङमा वैदेशिका रोजगारमा गएको र बुबा स्थानीय ज्ञानोदय प्रावि माकर ३ करमैयामा प्रधानाध्यपक भई काम गर्दै आएको स्थानीयबासीले जनाएका छन् । किशोरीसंग बढि हेलमेलमा रहेकी उनकी साथी स्थानीय प्रतिक्षा ज्ञावाली सहित पाँच जना केटाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Source:KantipurNews