कोइराला र राईले पत्रकारमाथि आक्रमण गरेको स्वीकारे
अजित तिवारी, अमर खड्का, जेठ ३१- नागरिककर्मी खिलानाथ ढकाललाई मार्ने योजनासहित सांघातिक आक्रमणमा संलग्न दुईजनाले घटना सकारेका छन्। घटना भएकै राति पक्राउ परेका युथफोर्स विराटनगर अध्यक्ष रोहित कोइराला र सोमबार बिहान पक्राउ परेका सदस्य मनोज राईले पत्रकारबीच घटनामा आफ्नो संलग्नता स्वीकारेका हुन्।'ढकाललाई बोलाएर पहिले सौहार्दपूर्ण वातावरणमा कुरा गर्न खोजियो, तर नभएपछि मैले मनोजलाई जिम्मा दिएँ, ' दुई अभियुक्तलाई सार्वजनिक गर्न प्रहरीद्वारा सोमबार आयोजित
पत्रकार सम्मेलनमा अभियुक्त कोइरालाले भने,'पछि के-के भयो, थाहा भएन। 'आक्रमणपछि फरार राईलाई प्रहरीले सोमबार बिहान विराटनगरकै महेन्द्र मोरङ क्याम्पसनजिकबाट पक्राउ गरेको थियो।
आक्रमणका मुख्य योजनाकार युथफोर्स मोरङ अध्यक्ष पर्शुराम बस्नेत अझै फरार छन्।
राईले ढकाललाई आफूले बाँस, लात्ती र मुक्काले प्रहार गरेको बताए। 'ढकाललाई
सम्झाउन खोज्दा उसले आफ्नो अडान छाडेन,म रक्सीले मातेको थिएँ, ' राईले भने, 'साह्रै
कुटेछु। ' केहीबेर आक्रमणपछि ढकाल फुत्किएर भागेको तर 'चोर-चोर ' भनेर कराएपछि स्थानीय
युवाले समातिदिएकाले फेरि कुटपिट गरेको राईले बताए।राई घटनालगत्तै काँकडभिट्टा हुँदै भारत भारत छिरेको र लुक्दै-लुक्दै फारबिसगन्जबाट जोगवनी हुँदै पैसा लिन घर आउने क्रममा पक्राउ परेको उनले बताए। 'पैसा सकिएपछि मुखमा पट्टी बाँधेर घरतिर आउँदै थिएँ, प्रहरीले चिनेर पक्राउ गर्यो, ' उनले पत्रकारसामु भने।
मोरङ प्रहरीले मुख्य अभियुक्त बस्नेतको खोजी भइरहेको जनाएको छ। आक्रमणमा संलग्न राई बस्नेतका पूर्व सवारीचालक रकोइराला विश्वासिला साथी हुन्।पत्रकार महासंघ मोरङका अध्यक्ष विक्रम निरौलाले घटनालगत्तै बस्नेत, कोइराला र राईविरुद्ध ज्यान मार्ने उद्योगमा किटानी जाहेरीदिएका छन्।सोमबारै जिल्ला अदालत मोरङमा सरकारी वकिलले कोइरालाको बयान लिएका थिए।बयानमा उनले आफूले घटना भएको दिन
ढकाललाई बोलाएको स्वीकार गरेको डिएसपी सहकुल थापाले जानकारी दिए। राईको म्याद थपिएको प्रहरीले जनाएको छ।ढकाल जेठ २२ गते युथफोर्सका कार्यकर्ताको आक्रमणमा परेका थिए। जेठ १८ गते हत्या अभियोगका बन्दी अभिषेक गिरीलाई मोरङ जिल्ला अदालतमा पेसीका लागि उपस्िथत गराउँदा बस्नेत समूहले आक्रमण गर्दा गिरीसहित नौ प्रहरी घाइते भएका थिए।सोही समाचार लेखेको निहुँमा ढकालमाथि
सुनियोजित आक्रमण भएको थियो।'दिउँसो धम्की दिए, राति आक्रमण 'पत्रकार ढकालले आफूलाई बस्नेतले
आक्रमण भएकै दिउँसो धम्की दिएको बताएकाछन्। सोमबार ढकालले जारी गरेको विज्ञप्तिमा 'समाचार संकलनका क्रममा एमाले पार्टी कार्यालय पुगेका बेला बस्नेतले धम्की दिएको र सोही दिन घटना भएकाले मुख्य योजनाकार उनी नै भएको प्रस्ट भएको ' उल्लेख छ। आफू न्यायको प्रतीक्षामा रहेको ढकालले विज्ञप्तिमा उल्लेख गरेका छन्। ढकाल उपचारका क्रममा विराटनगरकै नोबेल अस्पतालमा छन्।आक्रमणविरुद्ध आन्दोलित नेपाल पत्रकार महासंघ मोरङ शाखाले नेकपा एमाले मोरङ र यहाँस्िथत मानवअधिकारवादी संस्थाहरूसँग सोमबार घटनाबारे छलफल गर्यो। मंगलबार यहाँका राजनीतिक दलहरूले आक्रमणविरुद्ध
संयुक्त विरोध प्रदर्शन राखेका छन्। उनीहरूले जिल्ला प्रशासन कार्यालय डेढ घन्टा घेराउ गर्ने कार्यक्रम छ।
'आक्रमणकारीलाई कारवाही गर 'संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र मानवअधिकार समितिले नागरिक दैनिकका
बिराटनगरस्िथत पत्रकार खिलानाथ ढकालमाथि भएको हमलालाई 'प्रेस स्वतन्त्रता र मानवअधिकारमाथिको आक्रमण ' भएको ठहर गरेको छ।समितिले घटनाको भर्त्सना गर्दै किटानी जाहेरीमा उल्लिखित परशुराम बस्नेतालगायतका व्यक्तिलाई तत्काल कानूनी दायरीमा ल्याई आवश्यक कारवाही गर्न सरकारलाई निर्देशन
दिएको छ। 'घाइतेको उपचारमा लाग्ने सम्पूर्ण खर्च सरकारले व्यहोर्ने व्यवस्था गर्न र पीडित व्यक्तिलाई उचित क्षतिपूर्ति दिन निर्देशन दिने ',समितिको निर्णयमा उल्लेख छ। आइतबार मात्र नेपाल पत्रकार महासंघले सभामुखसुवासचन्द्र नेम्वाङलाई लिखित पत्र बुझाएर संसदीय छानबिन समिति गठनको माग गरेका
थिए। सभामुखले तत्काल समितिका सभापति पदमलाल विश्वकर्मालाई बोलाएर बैठक राखेर
यसबारे निर्णय गर्न निर्देशन दिएका थिए ।
Source:NagarikNews