|

चुरे भावरको नेपाल बन्द फिर्ता

३१ जेठ, काठमाडौं । चुरे भावर राष्ट्रिय एकता पार्टीले आह्वान गरेको तीन दिने नेपाल बन्द फिर्ता भएको छ । सरकारसँगको वार्ता सकारात्मक भएको भन्दै चुरे भावरले बुधबारबाट गर्ने भनिएको नेपाल बन्द फिर्ता लिएको हो ।

प्रधानमन्त्रीको कार्यालय सिंहदरवारमा भएको वार्तामा चुरे भावर नेपाल बन्द फिर्ता लिन सहमत भएको हो । वार्ता बुधबार पनि हुने बताइएको छ ।

सभासद् केशबप्रसाद मैनाली चुरेभावर राष्ट्रिय एकता पार्टी आधिकारी नभएको र सरकार र संविधानसभाका अध्यक्षले मैनालीलाई सभाषदबाट नहटाएको भन्दै हिमालय भक्त प्रधानाङ्ग अध्यक्ष रहेको चुरेभावर राष्ट्रिय एकता पार्टीले आमहड्तालको आह्वान गरेको थियो ।

Source:Onlinekhabar

Posted by Butwalonline on 6:43 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "चुरे भावरको नेपाल बन्द फिर्ता"

Leave a reply