|

फ्याउराले हान्यो शिकारीलाई गोली

शिकारीले जनावरको शिकार गरेको त देखेको, सुनेकै हो । धेरैको रहर पनि हुन्छ शिकार खेल्ने । जंगलमा शिकारका लागि जानु जति रमाइलो छ, त्यति नै खतरनाक पनि । अब शिकारीको बन्दुक उसैमाथि जनावरले पडकाएपछि भने झन होसियार हुनुपर्ने भएको छ । हालै बेलारुसमा एक शिकारीमाथि फ्याउराले बन्दुक पड्काएको घटनाले धेरैलाई खित्का छोडेर हाँस्न बाध्य बनाएको छ । शिकारी नै शिकार बनेपछि नहास्नु पनि कसरी ?

सुरुमा ४० वर्षे एक पुरुषले फ्याउरालाई गोली हानेका थिए । बिचरा फ्याउरा ढुन्मुनिएर लड्यो जमिनमा । यी शिकारीको दिमागमा के आएछ कुन्नी, घाइते फ्याउरालाई बन्दुकको नालले हानी मार्न मन लागेछ । उनी विस्तारै अघि बढे । नजिकै गएर बन्दुकको नालले हान्न मात्र खोजेका थिए, फ्याउरा बुरुक्क उफि्रएर शिकारीमाथि झम्टियो । घम्साघम्सी पर्दा पञ्जाको मद्दतले फ्याउराले बन्दुकको टि्रगर तानेपछि गोली शिकारीको खुट्टामा लागेको थियो ।
बन्दुक पड्किएको आवाजबाट तर्सिएर जनावर पनि कुलेलम ठोक्यो । रक्ताम्मे भएका शिकारीलाई भने उनका साथीहरुले तत्काल उपचारका लागि अस्पतालतर्फ लगे ।


Source:onlinekhabar

Posted by Butwalonline on 9:39 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "फ्याउराले हान्यो शिकारीलाई गोली"

Leave a reply