|

लाइनमा याना

मुम्बई (एजेन्सी), वैशाख २६ - लाग्छ, बलिउड सिनेकर्मीहरू अर्धनग्न हुन् झन्झन् उत्साहित भइरहेका छन् । गत जनवरीमा सानो पर्दाकी अभिनेत्री मन्दिरा वेदी एउटा म्यागजिनमा निकै कम कपडामा छापिएकी थिइन् । त्यसलगत्तै अभिनेत्रीहरू विद्या बालन र विपाशा वासु अर्धनग्न देखिएका थिए । पछिल्लोपटक म्यागजिनका लागि अर्धनग्न हुने लाइनमा 'बाबुजी जरा धिरे चलो...' आइटम डान्सर याना गुप्ता देखिएकी छन् । 
पुरुष म्यागजिन 'एफएचएम'का लागि चेक मूलकी भारतीय मोडल तथा नायिका याना गुप्ता अर्धनग्न भएकी हुन् । म्यागजिनको कभरमा अर्धनग्न देखिएकी उनले आकर्षक शरीरको तल्लो भाग छोप्न जिन्स सर्टस् मात्र लगाएकी छन् ।
पछिल्लो समयमा 'चलो दिल्ली' फिल्मको आइटम/रिमिक्स गीत 'लैला मैं लैला...' मा कामुक नृत्य गरेर फेरि चर्चा कमाइरहेकी याना म्यागजिनमा धेरै भित्री कुराबारे खुलेकी छन् । तर, आफू सिङ्गल या डेटिङमा रहेको बारे चुपचाप नै रहिन् ।
३२ वषर्ीया सुन्दरीलाई केही समययता डान्स रियालिटी सो 'झलक दिखला जा' का कोरियोग्राफर/डान्स पार्टनर सलमान खानसँग रोमान्स गरिरहेको हल्लाले घेरेको छ । 'म त्यसबारे कुरा गर्न चाहन्नँ,' उनले भनिन्, 'यस्ता हल्ला चलिरहन्छन् ।'
 KantipurNews

Posted by Butwalonline on 10:51 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "लाइनमा याना"

Leave a reply