खस–क्षेत्री समाजको उपत्यका बन्द फिर्ता
काठमाडौ, जेष्ठ ८ - खस–क्षेत्री समाजले घोषणा गरेको सोमबारको उपत्यका बन्द फिर्ता लिएको छ । सरकारी प्रतिनिधिसंगको बार्ता सकरात्मक भएपछि बन्द फिर्ता लिएको हो ।
सरकारी वार्ता टोलीका संयोजक विना विभागीय मन्त्री घनश्याम भूषालका स्वाकीय सचिव अनन्द श्रेष्ठले क्षेत्री समाजले बन्द फिर्ता लिएको ईकान्तिपुरलाई जानकारी दिए ।
समाजले आइतवार र सोमबार उपत्यका बन्दको आह्वान गरेको थियो । बन्दले गर्दा उपत्यकाको जनजीवन कष्टकर बनेको थियो ।
सरकारले समाजले राखेका बिभिन्न मागका सम्बन्धमा कार्यदल बनाउने प्रतिबद्धता जनाएपछि बन्द फिर्ता गरिएको श्रेष्ठले जानकारी दिए ।
समाजले क्षेत्रीलाई पनि आदिवासीको रुपमा सूचिकृत गर्नुपर्ने, आरक्षण दिनुपर्नेलगायतका माग राखेर बन्द आयोजना गरेको थियो ।
कान्तिपुर