|

बानेश्वर ‘एरिया’मा उच्च सुरक्षा सतर्कता

काठमाडौं, ७ जेठ

जेठ १४ लाई लक्षित गरी सरकारले संविधानसभा भवन नयाँबानेश्वर आसपासको सुरक्षा व्यवस्था कडा बनाएको छ । संविधानसभा विघटनको माग गर्दै त्यसक्षेत्रमा आन्दोलन र धर्ना कार्यक्रम बढ्न थालेपछि गृहमन्त्रालयले सुरक्षा सतर्कता बढाएको हो । यो क्षेत्रमा २४ सैं घण्टा प्रहरीलाई बाक्लो उपस्थिति गराइएको छ । गृहप्रवक्ता सुधीरकुमार शाहले जेठ १४ लाई लक्षित गरी संवेदनशील क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको बताए । “शान्तिसुरक्षाका दृष्टिकोणले संवेदनशील मानिएका क्षेत्रमा प्रहरीको उपस्थिति बाक्लो बनाइएको हो,” प्रवक्ता शाहले कारोबारसँग भने । गतवर्ष जेठ १४ गते अज्ञात समूहले यस क्षेत्रमा बम विस्फोट समेत गराएको थियो । यसक्षेत्रको सुरक्षा जिम्मा महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरले लिएको भए पनि अहिले महानगरीय प्रहरी परिसर हनुमानढोकाबाट पनि प्रहरी परिचालन गरिएको छ । यस्तै सशस्त्र प्रहरीको उपस्थिति पनि बाक्लो बनाइएको छ ।

जेठ १४ अगावै शान्ति र संविधान निर्माण प्रक्रियालाई टुंगोमा पु¥याउनुपर्ने मागसहित पूर्वसांसद मञ्च, महिला दबाब समूह, क्षेत्री समाजलगायत आधा दर्जन बढी संघ÷संस्थाले संविधानसभा भवन अगाडि धर्ना तथा रिले अनसन दिइरहेका छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले जेठ ११ गतेदेखि संविधानसभा विघटन गरी ताजा जनादेशमा जानुपर्ने माग गर्दै संविधानसभालाई चारैतिरबाट घेरा हाल्ने कार्यक्रम सार्वजनिक गरिसकेको छ ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले शान्तिपूर्ण कार्यक्रममाथि दमन भए प्रतिकारमा उत्रने बताइसकेका छन् । महानगरीय प्रहरी आयुक्तका प्रवक्ता वरिष्ठ उपरीक्षक माधव नेपालले आन्दोलनकारीले निषेधित क्षेत्र तोड्न खोजे प्रहरी प्रशासन कानुनबमोजिम अघि बढ्ने बताए । “निषेधित क्षेत्र बाहिर गरिएका शान्तिपूर्ण आन्दोलनमा हामी हस्तक्षेप गर्दैनौं,” उनले भने, “यदि जबर्जस्ती निषेधित क्षेत्र तोड्न खोजे प्रशासन बल प्रयोग गर्न बाध्य हुनेछ ।” गृहप्रवक्ता शाहले शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकार सुरक्षित रहेको बताए ।

गोंगबुबाट एकजना पक्राउ

प्रहरीले राजधानीको गोंगबुबाट बम बनाउन प्रयोग गरिने बिस्फोटक पदार्थसहित एकजनालाई पक्राउ गरेको छ । सुरक्षा चेकजाँच गर्नेक्रममा मोरङ लेटाङका स्थायी बासिन्दा मैते लिम्बु बिस्फोटक पदार्थसहित पक्राउ परेका हुन् । अभियुक्त मैतेको साथबाट महानगीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले विस्फोट गराउन लागेको सकेटबम बरामद गरी निस्क्रिय पारेको जनाएको छ । प्रहरीले अभियुक्त मैते राजधानीका विभिन्न स्थानमा बम विस्फोटन गराउने योजनामा रहेको दाबी गरेको छ ।

KarobarDaily

Posted by Butwalonline on 1:46 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बानेश्वर ‘एरिया’मा उच्च सुरक्षा सतर्कता"

Leave a reply