अपहरित बालकको सकुशल उद्धार
२० वैशाख, रौतहट । रौतहटको राजदेवीबाट केही दिनअघि अपहरणमा परेका एक बालकको गएराति सकुशल उद्धार गरिएको छ ।
राति करिब १ बजे रौतहट र सर्लाहीको सीमानामा पर्ने ब्रहम्पुरी-५ बाट प्रहरीले अपहरणमा परेका बालक अनिशकुमार साहको सकुशल उद्धार गरेको हो ।
अपहरित बालकको उद्धार गर्ने क्रममा प्रहरी र अपहरणकारीबीच केहीबेर दोहोरो भिडन्तसेमत भएको प्रहरीले जनाएको छ ।
Source:onlinekhabar
