चौथो पटक मन्त्रिमण्डल विस्तार हुँदै
२० वैशाख, काठमाडौँ । सरकार गठन भएको तीन महिना पछि आज चौथो पटक मन्त्रिमण्डल विस्तार हुने भएको छ । प्रधानमन्त्री भलनाथ खनालले माओवादीका सात मन्त्री र ११ राज्य मन्त्री तथा फोरमका चार मन्त्री समावेश गरी अपरान्ह् मन्त्रिमणडल विस्तार गर्न लाग्नु भएको हो ।
माओवादी र फोरमले सरकारमा सहभागी हुने मन्त्रीको नाम बिहान ११ बजेसम्म उपलव्ध गराउने बताएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले अनलाइनखवरलाइ जानकारी दिनुभयो ।
अपरानह राष्ट्रपति भवन शितल निवासमा मन्त्रीहरुको सपथग्रहण भए लगत्तै आजै पदभार ग्रहण गर्ने कार्यक्रम रहेको थापाले बताउनुभयो ।
माओवादीमा गृहमन्त्री को बन्ने भन्ने विवाद र फोरममा सरकारमा जाने कि नजाने भन्ने विषयमा विवाद भएपछि झलनाथ खनाल नेतृत्वमा गठन भएको सरकारले तीन महिनासम्म पूर्ण आकार लिन सकेको थिएन ।
उप-प्रधानसहित ११ मन्त्रालय पाएको माओवादीबाट यसअघि चार मन्त्री नियुक्त भइसेका छन् भने बाँकी ७ मन्त्री र ११ राज्यमन्त्रीले आज सपथ लिँदैछन् ।
फोरमले पनि उप-प्रधान र परराष्ट्रसहित ४ मन्त्रालय पाएको छ ।
फोरम अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा जान लागेको हो । पार्टीभित्र मन्त्री बन्न होडवाजी चलेपछि मन्त्री छान्ने जिम्मा अध्यक्ष यादवलाई दिइएको छ ।
स्रोतका अनुसार अध्यक्ष यादवसहित कोषध्याक्ष रेणु यादव,मोम्मद इस्तियाक राई मन्त्री हुने निश्चित जस्तै छ ।
यसैबीच मन्त्री छान्न माओवादी पदाधिकारी बैठक बसेको छ ।
अध्यक्ष प्रचण्डको निवास नयाँबजारमा सुरु बैठकले आफ्नो भागमा परेको बाँकी सात र ११ राज्यमन्त्रीको टुंगो लगाउने सचिव पोष्टबहादुर बोगटीले अनलाइनखवरलाई जानकारी दिनुभयो ।
यसअपघि वर्षमान पुन वा देवे गुरुङमध्ये गृहमन्त्री कसलाई बनाउने भन्ने विषयमा विवाद भएपछि माओवादीले थप मन्त्रीको नाम तय गर्न सकेको थिएन ।
शान्ति मन्त्रीसमेत रहेका पुन अध्यक्ष प्रचण्ड र स्थायी समिति सदस्य गुरुङ उपाध्यक्ष मोहन वैद्य निकट मानिन्छन् ।
माओवादी उच्च स्रोतका अनुसार पुनलाई गृह र गुरुङलाई सञ्चार मन्त्रालयको जिम्मा दिने तयारी भएको छ ।
Source:onlinekhabar