मार्यो नि मायाले मार्यो
बाबु बलामीद्वारा निर्मित यो चलचित्रमा राजेश हमाल, गीता अधिकारी, सोभिता सिम्खडा, प्रमोद खड्का, हिमाल काफ्ले, दीपक अधिकारी आदि कलाकारले मुख्य भूमिका निर्वाह गरेका छन्। मनोहर सुनामद्वारा संगीतबद्ध यो चलचित्रमा अभिनेता राजेश हमालले पहिलो पटक चरित्र अभिनेताको भूमिका निर्वाह गरेका छन्। चलचित्रमा उनी नायकका बुबाको भूमिकामा प्रस्तुत भएका छन्। नायिका गीता अधिकारीले राजेशकी श्रीमतीको भूमिका निर्वाह गरेकी छिन्। हिमाल काफ्लेले राजेशको छोराको भूमिका निर्वाह गरेका छन्। चलचित्रमा बुबा र छोराबीच कतिसम्म गहिरो माया हुन्छ र एउटी युवतीका कारण त्यो माया कसरी मर्छ भन्ने कुरा चलचित्रमा चित्रण गरिएको छ। बाबु बलामीको द्वन्द्व निर्देशन, सौरभ लामाको छायांकन तथा सुरेश चौधरीको नृत्य निर्देशन रहेको यो चलचित्रका गीत दिनेश गौतम तथा प्रमिला सुनामले गाएका छन्।
Source:Saptahik
