|

क्यान्सर अस्पतालको उपचार सेवा आजदेखि सुचारु

२१ वैशाख, चितवन । कार्यकारी निर्देशक विवादका कारण विगत एकसाता देखि ठप्प रहेको भरतपुरस्थित वीपी कोईराला क्यान्सर अस्पतालको उपचार सेवा आजदेखि सुचारु हुने भएको छ ।

अस्पताल प्रशासनमा लगाइएको ताला मर्कचारी आफैंले खोलेपछि सेवा सञ्चालनमा आउन लागेको हो ।

अस्पताल सञ्चालक समितिले कार्यकारी निर्देशकमा डा.क्ष्मीनारायण सिंहलाई नियुक्त गरको विरोधमा तात्कालिक कार्यकारी निर्देशक डा. भक्तमान श्रेष्ठ समर्थित कर्मचारीले दुई महिनाअघि अस्पताल प्रशासनमा ताला लगाएका थिए ।

प्रशासनको ताला नखोलेको विरोधमा निर्देशक सिंह समर्थक चिकित्सक गत बुधबारदेखि अस्पतालको सम्पूर्ण उपचार सेवा बन्द गरी आन्दोलनमा उत्रिएका थिए ।

कर्मचारीले सर्वोच्च अदालतको फैसलाको सम्मान गर्दै प्रशासनको ताला खोलिएको बताएका छन् ।

उपभोक्ता हित संरक्षण मञ्चले तत्काल अस्पताल सञ्चालनको माग गर्दै दायर गरेको रिटमा मंगलबार फैसला सुनाउँदै सर्वोच्चले २४ घण्टाभित्र अस्पताल सुचारु गर्न सम्वद्ध पक्षका नाममा अन्तरिम आदेश दिएको थियो ।

यसअघि स्वास्थ्य मन्त्रालयबाट सह-सचिवको नेतृत्वमा गएको तीन सदस्यीय टोली र स्थानीय राजनीतिक दलबीच बन्द उपचार सेवा सुचारु गर्ने सहमति भएको थियो ।

सर्वोच्चको आदेश कार्यान्वयन नगरेको भन्दै आक्रोशित बिरामी, उनका आफन्त र स्थानीय बासिन्दाले आज बिहान अस्पताल परिसरमा प्रदर्शन गरेका थिए ।

उपचार सेवा ठप्प हुँदा यसअघि उपचारका लागि आएका चार जना बिरामीको ज्यान गइसकेको छ ।

Source:onlinekhabar

Posted by Butwalonline on 9:49 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "क्यान्सर अस्पतालको उपचार सेवा आजदेखि सुचारु"

Leave a reply