|

हतियार नबुझाएसम्म म्याद नथप्न कोइरालालाई मधेसी मोर्चाको दबाब

काठमाडौँ, जेठ १३ (नागरिक)- लोकतान्त्रिक मधेसी मोर्चामा आवद्ध दलका प्रमुखले आज बिहान नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई उनकै निवासमा भेटी माओवादीले हतियार नबुझाएसम्म कुनै हालतमा संविधान सभाको म्याद नथप्न दबाब दिएका छन्।भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले संविधान सभाको म्याद थप र राष्ट्रिय सहमतिको विषयमा कुरा भएको जानकारी दिए।

‘हतियार नबुझाएसम्म म्याद थप गर्न दिनै हुन्न लगायत मोर्चाका चार अडान उहाँसमक्ष राख्यौँ', ठाकुरले भने।
मोर्चाले जेठ १४ अगावै हतियार बुझाउनु पर्ने, समग्र मधेस एक प्रदेश, सेनामा मधेसीको सामूहिक प्रवेश र प्रधानमन्त्रीको राजीनामालाई माग बनाएको छ।
भेटवार्तामा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार र सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो पनि थिए।
मोर्चामा दुई दल थपिने, अब ७१ सभासद्
तीन दिनअघि मधेसी जनअधिकार फोरमबाट छुट्टिएर जेपी गुप्ता नेतृत्वमा गठन भएको मधेसी जनअधिकार फोरम संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा आबद्ध हुने भएको छ।

चार महिना अघि तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)बाट विभाजित महेन्द्र राय यादव नेतृत्वको तमलोपा नेपाल पनि शुक्रवारबाट विधिवत रूपमा मोर्चामा आबद्ध हुँदैछ।

विभिन्न चरण वार्तापछि मधेसवादी यी दुई दल मोर्चामा आउन लागेका हुन्। ...सम्भवतः शुक्रबारदेखि फोरम गणतान्त्रिक र तमलोपा नेपाल पनि मोर्चामा आबद्ध हुनेछन्,' सोनलले भने, 'औपचारिक निर्णय शुक्रबार हुनेछ।'
दुई दल मोर्चामा थपिएपछि मोर्चासँग ७१ सभासद् हुनेछन्। मधेसी जनअधिकार फोरम अलग्गिएयता मोर्चामा तमलोपा, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र सद्भावना पार्टी छन्।

Source:Nagarik News

Posted by Butwalonline on 7:56 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "हतियार नबुझाएसम्म म्याद नथप्न कोइरालालाई मधेसी मोर्चाको दबाब"

Leave a reply