|

सुरक्षा समिति बैठक बस्दै

१३ जेठ, काठमाडौँ । संविधानसभाको अभिष्य अन्योलमा रहेका बेला म्याद थपिए वा नथपिएको अवस्थामा उत्पन्न हुनसक्ने सम्भावित सुरक्षा चुनौतिका विषयमा छलफल गर्न सुरक्षा समितिको बेठक आज बस्दै छ ।
संविधानसभाको आयु सकिन केही घण्टामात्र बाँकी छँदा विभिन्न राजनीतिक, जातीय, क्षेत्रीय तथा धार्मिक समूहहरुले बन्द हड्ताल, धर्ना,जुलुस र प्रर्दन जस्ता गतिविधिलाई तीव्रता दिइरहेका बेला बस्न लागेको सुरक्षा समिति बैठकले नयाँ सुरक्षा रणनीति तय गर्ने सम्बद्ध अधिकारीहरुले बताएका छन् ।
साँझ पाँचबजे सिंहदरवारमा गृहमन्त्री कृष्णबहादुर महराको अध्यक्षतामा बस्ने बैठकमा गृह सचिव, रक्षा सचिव, जनपद, सशस्त्र र राष्ट्रि अनुसन्धान विभागका प्रमुखहरुको सहभागिता रहने छ ।
Source:Onlinekhabar

Posted by Butwalonline on 8:20 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सुरक्षा समिति बैठक बस्दै"

Leave a reply