माटोले पुरिएर धादिङमा दुईको मृत्यु
१९ वैशाख धादिङ । घर पोत्ने माटो खन्ने क्रममा ढिस्कोबाट पुरिएर धादिङको गुम्दीमा दुईजनाको मृत्यु भएको छ ।
गुम्दी गाउँ विकास समिति वडा नं १ चिम्चोकमा बिहान माटो खन्ने क्रममा खसेको ढिस्कोबाट पुरिएर १२ वर्षीया ममिता तामाङ र २० वर्षीया माया तामाङको मृत्यु भएको हो । माटो खन्नका लागि उनीहरु सोही गाविसको वडा नं २ होलगुम्बा लाकुरी चौतारा भन्ने ठाउँमा पुगेका थिए ।
त्यस गाउँका प्रायः पुरुष वैदेशिक रोजगारमा गएका कारण शव उठाएर दाह संस्कार गर्न समेत मुश्किल परॆको छ । घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली त्यसतर्फ लागेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
Source:onlinekhabar
