अल कायदाका प्रमुख लादेनको मृत्यु
१९ वैशाख काठमाडौं । अन्तराष्ट्रिय आतंकवादी संगठन अलकायदाका प्रमुख एवं संस्थापक नेता ओसामा विन लादेन मारिएका छन् ।
अमेरिकी सेनाले पाकिस्तानको इस्लामावादस्थित रबोटावादमा गरिएको कारवाहीमा लादेन मारिएको अमेरिकी राष्ट्रपति बाराक ओबामाले जानकारी दिनु भएको छ ।
ह्वाइट आउसमा आयोजित पत्रकार सम्मेलनमा ओबामाले लादेनको शव अमेरिकको नियन्त्रणमा रहेको बताउनु भयो ।
लादेनमाथि सन् २००१ सेप्टम्बर ११ मा ट्वन टावरमा हवाई आक्रमणमा गरेको आरोप छ ।
Source:onlinekhabar

