|

मातृका नेतृत्वको माओवादी बन्दले पूर्बी तराईको जनजिवन प्रभावित

मिथिलेश यादव, लहान, जेठ ११ - मातृका यादव नेतृत्वको नेकपा माओवादीको बन्द आह्वानका कारण पुर्बी तराईको जनजिवन प्रभावित बनेको छ। सिरहा, सप्तरी धनुषा, उदयपुर लगायत जिल्लाको बजार, यातायात कलकारखाना पुर्ण रुपमा बन्द छ्न भने शैक्षिक संस्था समेत प्रभावित बनेको छ।

मातृका माओवादीले २८ सुत्रिय माग राख्दै प्रधानमन्त्री झलनाथ खनाललाई बुझाएको ज्ञापनपत्रमाथि सुनुवाई नभएको भन्दै आज नेपाल बन्द आह्वान गरेको हो।
बन्दकर्ताले एकाबिहानै देखि राजधानीबाट मुलुकको बिभिन्न गनतब्यका लागि हिडेका यातायातका साधन तोडफोड गरेका छन्। तोडफोड गर्दै हिडेका पाँच कार्यकर्ता पुर्बपश्चिम राजमार्गको धनुषा बिरेन्द्र बजारबाट गिरफ्तार भएका छन्। गिरफ्तार हुनेमा माओबादी युवा जनसुरक्षा बलका किशोरी यादव, ब्रहम यादव सहितका पाँच जना रहेको बलका केन्द्रिय इन्चार्ज जगत यादवले बताए। लहानबाट भने बन्दकर्ता सुरेन्द्र यादव यादव पक्राउ परेका छन्। बिरेन्द्रबजारमा बन्दकर्ताले एक निजी मारुती भ्यानमा आगजनी समेत गरेको यादवले बताए।बन्द आबज्ञा गरेको भन्दै बन्दकर्ताले सिरहा र धनुषामा गरि चार दर्जन बढी सवारीसाधन तोडफोड गरेका छन्।
राजधानीबाट राजबिराजका हिडेका यात्रुबसमाथि ढुङ्गा प्रहार गर्दा बसको सिसा फुटेर राजबिराजका निकुन्त मिश्रा घाइते भएका छन्। उनको लहान स्थित सप्तश्रृषि अस्पतालमा उपचार भैरहेको लहान प्रहरीले जनाएको छ।
बिहानै देखि बन्दकर्ताहरु सिरहाको राजमार्ग क्षेत्र मिर्चैया, गोलबजार, लहान, लगायतका स्थानमा सवारि तोडफोड गरेका छन्। बन्दकर्ताले सवारी तोडफोड र आगजनी गर्न थालेपछि मुलुकको बिभिन्न गनतब्यका लागि हिडेका गाडी मिर्चैया, गोलबजार, लहान, बन्दीपुर स्थित सुरक्षा पोष्ट नजिक रोकिएका छन्।
बन्दका कारण लहान, सिरहा, मिर्चैया, गोलबजार, राजबिराज लगायतका स्थानको बजार खुलेका छैनन् भने यहाँका निजी तथा सामुदायिक बिद्यालयहरु सञ्चालन हुन सकेका छैनन्।

नागरिक
बन्दका कारण पुर्बपश्चिम राजमार्ग सुन्यप्रायः देखिएको छ।मोटरासाईकल र एम्बुलेन्स फाटफुट चलेको छ।

Posted by Butwalonline on 8:15 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "मातृका नेतृत्वको माओवादी बन्दले पूर्बी तराईको जनजिवन प्रभावित"

Leave a reply