|

अन्तिम पटक भत्ता नलिने प्रतिबद्धताका साथ म्याद थपौं: दाहाल

काठमाडौ, जेष्ठ ११ - माओवादी अध्यक्ष पुष्पकमल दाहालले अन्तिम पटक भत्ता नलिकन काम गर्ने प्रतिबद्धताका साथ संविधानसभाको म्याद थप्न प्रस्ताव गरेका छन् ।

राजधानीमा बुधबार बिहान आयोजित एक कार्यक्रममा उनले भने, 'म अव थप्ने संविधानसभाको म्यादलाई अन्तिम पटक भन्नु पर्दछ र भत्ता नलिने प्रतिबद्धता गर्न प्रस्ताव गर्दछु ।'

उनले शान्ति प्रकृयामा धेरै प्रगति भएको र संविधानसभाले पनि आफ्नो काम तदरुकताका साथ नै गरिरहेको दावी गरे ।

शान्ति प्रकृयाका सम्बन्धमा माओवादीले धेरै महत्वपूर्ण निर्णयहरु गरेको उल्लेख गर्दै सेना समायोजन तथा पुनस्थापना सम्बन्धी बिशेष समितिको अगामी बैठकमा समायोजन र पुनस्थापनाको कार्ययोजना आउने बताए ।

त्यसैगरी केही दिन अघि मात्र संबैधानिक समितिको विवाद समाधान उपसमितिको म्याद थप भएर संविधानको नामलगायतका महत्वपूर्ण विषयहरुमा सहमति जुटेको उल्लेख गर्दै छिट्टै दलहरु एउटा सहमतिमा पुगिने उल्लेख गरे ।

'हामी आज भोली नै एउटा निष्कर्षमा पुग्छौं' उनले भने, 'लोकतन्त्र र संसदीय व्यवस्थालाई मान्ने काँग्रेसले संविधानसभाको म्याद थप नगर्ने कुरामा म विश्वास गर्नै सक्दिन ।'


कान्तिपुर

Posted by Butwalonline on 8:10 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "अन्तिम पटक भत्ता नलिने प्रतिबद्धताका साथ म्याद थपौं: दाहाल"

Leave a reply