महासचिवको प्रस्तावमा खनालपक्षको असन्तुष्टी
काठमाडौ, जेष्ठ ९ - शान्ति प्रक्रिया, संविधान निर्मँण र राष्ट्रिय सहमतिका लागि भन्दै अघि सारिएको प्रस्तावप्रति एमालेका अध्यक्ष झलनाथ खनाल पक्षका केही नेताहरुले भने असन्तुष्टी जनाएका छन् । उपाध्यक्ष बामदेव गौतमले कन्द्रीय सचिवालयको तर्फबाट पेश भएको प्रस्वाव अध्यक्षलाई कमजोर पार्ने हिसाबले आएको भन्दै बैठकमै विरोध गरेका थिए । महासचिव इश्वर पोखरेलले सचिवालयको तर्फबाट प्रस्ताव पेश गरेपछि उपाध्यक्ष गौतमले अध्यक्षसंग राम्ररी छलफल नगरी अध्यक्षलाई नै कमजोर गर्ने प्रस्ताव किन ल्याइयो भन्दै असन्तुष्टी जनाएका थिए ।
प्रस्तावमा राष्ट्रिय सहमतिका लागि अधिकतम लचकता प्रदर्शन गर्ने र त्यसका लागि मार्गप्रशस्त गर्न तयार रहने भन्ने बाक्यासले खनाल पक्षलाई झस्काएको हो । एमालेको ओली नेपाल पक्षले खनालको राजिनामा नै मागिरहेको सन्दर्भमा त्यही खालको प्रस्ताव पेश भएपछि खनाल पक्ष असन्तुष्ट भएको हो । प्रस्तावमा राजिनाम गर्ने भन्ने शब्द नराखिएपछि त्यही मनसायले ‘मार्ग प्रशस्त गर्ने’ भन्ने धारणा ल्याएको खनाल पक्षको बुझाई छ ।
त्यस्तै लडाकु समायोजनको संख्या पाँच हजार मात्र हुने, संविधान सभाको म्याद ६ महिना मात्र थप्ने लगायतका बिषयमा पनि खनाल पक्षले असन्तुष्टी जनँएको छ । काग्रेस परस्त र हुदै गएको सहमतिको वातावरण समेत विथोल्ने गरी प्रस्ताव आएको आरोप खनाल पक्षले लगाएको छ । माधव नेपाल र केपी ओली पक्षधर नेताहरुले तयार गरेको प्रस्तावलाई मिलाएर सचिवालयले बैठकमा पेश गरेको भन्दै खनाल पक्ष सन्तुष्ट नभएको हो ।
KantipurNews