कास्की एक सातापछि खुल्ला दिशामुक्त हुने
२ वैशाख, पोखरा । कास्कीलाई नेपालकै पहिलो खुल्ला दिसामुक्त जिल्ला बनाउन सुरु गरिएको अभियान अन्तिम चरणमा पुगेको छ । गत चैत्र मसान्त खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य राखिए पनि पोखरका केही वडामा शौचालय बन्न बाँकी रहेकाले त्यति बेला घोषणा भएको थिएन ।
कास्कीका लेखनाथ नगरपालिका र पोखरा उपमहानगरपालिकाका १३ वटा वडा खुल्ला दिसा मुक्त भैसकेका छन् ।
स्थानीय विकास अधिकारी गुरुप्रसाद सुवेदीले पोखरा उपमहानगरपालिकाका ५ वटा वडामा निर्माण गर्न बाँकी ७० वटा शौचालय एक सातामा निर्माण सकिएपछि कास्की नेपालकै पहिलो खुल्ला दिसा मुक्त बन्ने बताउनु भयो ।
OnlineKhabar
Posted by Butwalonline
on 9:29 AM. Filed under
Local News
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response