बालाजुमा युवती मृत फेला
२१ वैशाख, काठमाडौं । काठमाडौंको बालाजुमा एक युवती मृत फेला परेकी छन् ।
बालाजु बाइसाधारा उद्यानमा अन्दाजी २५ वर्षीय युवतीको शव आज बिहान टाउको काटिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी प्रभाग बालाजुका प्रमुख प्रहरी नायव उपरीक्षक दिवेश लोहनीले शरीर एकातिर र टाउको अर्कातिर भएको अवस्थामा उनको शव भेटिएको अनलाइनखवरलाई जानकारी दिनुभयो ।
घटनाको कारण थाहा नभएको र घटनाबारे थप अनुसन्धान भइरहेको लोहनीले बताउनु भयो ।
यसैबीच नेपाल प्रहरीको केन्द्रीय जाँचव्यूरो (सिवीआइ) को विशेष टोली अनुसन्धानका लागि घटनास्थल पुगेको छ ।
Source:onlinekhabar
