|

सात नेपाली विद्यार्थी ४० मुलुकमा उत्कृष्ट

२५ चैत, काठमाडौं । सात जना नेपाली विद्यार्थी चालिस मुलुकका विद्यार्थी मध्ये उत्कृष्ट हुँदै स्वर्ण पदक प्राप्त गर्न सफल भएका छन् ।
इन्दीरा गान्धी राष्ट्रिय खुल्ला विश्व विद्यालयमा नेपालमा रहेको स्टडी सेन्टर इन्टरनेशनल सेन्टर फर एकेडेमिक्सबाट सहभागी भएका विद्यार्थीमध्ये हालसम्म सात जना विभिन्न फ्याकल्टीमा उत्कृष्ट भई स्वर्ण पदक पाएका हुन् । गगन गुरुङले ग्रामिण विकाश, जितेन्द्र साहले पोषण स्वास्थ्य, नरेश यादवले कम्प्यूटर एप्लीकेसन, नुरध्वज जोसीले बजारशास्त्र, अमरमणी अधिकारीले पर्यटन ब्यवस्थापन, डुन्डुप डोल्माले समाजशास्त्र र विश्वराज बज्राचार्यले वित्तिय ब्यवस्थापनमा स्वर्ण पदक प्राप्त गरेका हुन् ।
पछिल्लो पटक यो वर्ष बज्राचार्यले सर्वोत्कृष्ट अंक ल्याउँदै सो पदक प्राप्त गरेको आईसीआईले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएको हो । यसपटक आईसीआईले पनिले पनि उत्कृष्ट ब्यवस्थापनमा ४० मुलुकलाई पछि पार्दै स्वर्णपदक प्राप्त गरेको छ ।
भारतमा सन् १९८५ मा स्थापना भएको ईन्दीरा गान्धी राष्ट्रिय खुल्ला विश्व विद्यालय संसारकै सबैभन्दा ठूलो खुल्ला विश्व विद्यालय हो । जससँग आवद्ध भई आईसीआईले सन् २००२ देखि नेपालमा पनि यसखाले शिक्षाको सुरुवात गरेको हो । अहिले सो सेन्टरबाट २ हजार बढी विद्यार्थीले विभिन्न फ्याकल्टीमा अध्ययन गरिसकेको आईसीएका मेनेजि डाईरेक्टर विश्वजीत मुखर्जीले जानकारी दिए ।

Posted by Butwalonline on 2:13 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सात नेपाली विद्यार्थी ४० मुलुकमा उत्कृष्ट"

Leave a reply