ट्रक गुड्दा गुड्दै पुल भत्कियो
२५ चैत, राजविराज । सप्तरीको राजविराज-४ स्थित केअ माविनजिकै रहेको राजविराजको प्रसिद्ध राजदेवी मन्दिर र भूमिसुधार कार्यालय जाने बोटोमा रहेको कल्भर्ट पुल मालवाहक ट्रक गुडिरहेको अवस्थामा आज बिहान भत्किएको छ ।
ना१ख ६८३५ नं. को मालवाहक ट्रक पुलमाथि गुडिरहेका बेला एक्कासि पुल भासिएको प्रहरीले जनाएको छ ।
पुल भत्किएपछि ट्रकसमेत पुलमुनी भासिएको बताईएको छ ।
पुल भत्किएपछि स्थानीयलाई आवतजावतमा कठिनाइ भएको स्थानीय विशोलाल यादवले जानकारी दिनुभयो ।
जीर्ण भएको पुल निर्माणमा सम्वद्ध निकायले चासो नदिएको भन्दै सर्वसाधारण आक्रोशित बनेका छन् । स्थानीयले तत्काल पुल निर्माण गर्न माग गरेका छन् ।
गत महिना पनि राजविराज-५ मा रहेको कल्भर्ट पुल भत्कादा एउटा मालबाहक ट्रक दुर्घटनाग्रस्त भएको थियो ।
Source:Onlinekhabr

Posted by Butwalonline
on 2:06 PM. Filed under
Local News
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response