बन्दले तराईको जनजीवन प्रभावित
२५ चैत, काठमाडौं । थरुहट राज्य परिषद्ले आहृवान गरेको बन्दका कारण पूर्वी तथा पश्चिम तराईको जनजीवन प्रभावित भएको छ । माओवादी, एमाले र फोरमबीच केही दिन अघि भएको चार बुँदे सम्झौतामा मधेस शब्द प्रयोग भएकोप्रति आपत्ति जनाउँदै थरुहटले बन्द आहृवान गरेको हो ।
बन्दका कारण लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन् । बन्दले पूर्व तराईका सुनसरी, मोरङ, सर्लाही ,महोत्तरी तथा पश्चिम तारईका बाँके,बर्दिया,कैलाली , कञ्चनपुर लगायतका जिल्लाको जनजीवन प्रभावित भएको छ ।
बन्दका कारण स्वदेश तथा विदेशबाट नयाँवर्ष मनाउन आएका सयौं सर्वसाधारण विच बाटोमै अलपत्र परेका छन् ।
यता समयमै संविधान जारी गर्न माग गर्दै संघीय लिम्वुवान राज्य परिषद्ले आहृवान गरेको बन्दका कारण अरुण पूर्वका नौ जिल्लाको जनजीवन प्रभावित भएको छ ।
Source:onlinekhabar