|

अब 'सेक्सटोय' चितवनमै

भरतपुर, चैत्र २२ -
कृत्रिम यौन साधन -सेक्सटोय) बारे पत्रपत्रिकामा मात्र पढेका व्यक्तिले चाहेमा त्यस्ता सामग्री अब स्थानीय बजारमै खरिद गर्न सक्नेछन् । महिला र पुरुषका विभिन्न मोडलका 'सेक्स टोय' स्थानीय बजारमा उपलब्ध भएका हुन् ।
डेढ वर्षअघि काठमाडौंमा सोरुम खोलेको 'द नेपाल कन्डम हाउस' ले नारायणगढमा शाखा विस्तार गरेको हो । कृत्रिम यौनांग खरिद गरेर व्यक्तिले यौन आनन्द प्राप्त गर्न सक्ने सञ्चालकले बताएका छन् । नारायणगढको पुलचोकमा चितवन कन्डम हाउस सञ्चालनमा आएको छ । हाउसमा निःशुल्क पाइने कन्डमदेखि महँगा यौनसामग्री उपलब्ध छन् ।

हाउसले पुरुष र महिला दुवैलाई हुने कन्डम, दुवैका यौनांग, विभिन्न मोडलमा 'टोय' बजारमा ल्याएको छ । पुरुषका कृत्रिम यौनसाधन १ हजार ५ सयदेखि १५ हजार रुपैयाँसम्म पर्ने छन् । महिलाले प्रयोग गर्ने २ हजार २ सयदेखि ६ हजार रुपैयाँसम्मका छन् ।

हाउसमा लुबि्रकेन्ट्ससहितको कन्डम, डटेड तथा सुपर डटेड कन्डम, लङ लास्टिङ कन्डम उपलब्ध रहेको सञ्चालकले सञ्चारकर्मीलाई बताए ।

Source:Kantipur News

Posted by Butwalonline on 1:16 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "अब 'सेक्सटोय' चितवनमै"

Leave a reply