बोक्सी भन्दै अर्को अमानवीय यातना
बारा, वैशाख १३ -
बाराको गोलागन्ज गाविसमा बोक्सी आरोपमा सोमबार एक महिलालाई छिमेकीहरूले चरम अमानवीय यातना दिएका छन् ।
पर्साटोल सतुवाहीकी ४२ वषर्ीया गौरीदेवी साह तुरहिनलाई सोही टोलका केही व्यक्तिहरूले मरणास्ान्न हुने गरी कुटपिट गर्नुका साथै मलमूत्र खुवाएका थिए । सिम्रौनगढ बजारबाट तरकारी किनेर फर्किरहेकी गौरीदेवीलाई साँझ साढे ६ बजे छिमेकीहरू मन्डु भनिने मैनुद्दिन मियाँ, मोहरम मियाँ, मोन्ताज मियाँ, नवी आलम, सफी आलम, हारुन मियाँ र जमिला खातुनलगायतले समातेर घरमा लगी अमानवीय यातना दिएका हुन् ।
केही दिनअघि बाख्राको पाठो मकैबारीमा पसेपछि गौरीदेवीको उनीहरूसँग सामान्य झगडा भएको थियो । लगत्तै छोरी बिरामी भएपछि उनलाई बोक्सी आरोप लगाइएको हो । मैनुद्दिन परिवारले आफ्नी १५ वषर्ीया छोरी रुक्साना खातुनलाई टुनामुना गरी बिरामी पारेको आरोप लगाउँदै दुव्र्यवहार गरेको स्थानीय बासिन्दा नथुनी साहले बताए । मरणासन्न हुने गरी पिटिएकी गौरीदेवीको प्रहरीले उद्धार गरेको पीडितकी आफन्त वेदामिन देवीले जनाइन् ।
इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक सूर्यबहादुर चन्दले भने, 'उद्धार गर्न जाँदा उनी आफ्नै घरमा बेहोस अवस्थामा थिइन् ।' वेदामिनका अनुसार पुरानो र व्यक्तिगत रिसइबीका कारण गौरीदेवीलाई गाउँमा बदनाम गराउन उनीहरूले अमानवीय व्यहार गरेका हुन् । गौरीदेवीको हाल कलैया अस्पतालमा उपचार भइरहेको छ । उनको शरीरमा भित्री चोट लागेको चिकित्सकले बताएका छन् ।
गौरीदेवीका पति बेनी साह तुरहाले मैनुद्दिन परिवारलाई कारबाहीको माग गर्दै मंगलबार उजुरी दिएको प्रहरीले जनाएको छ ।
Source:Kantipur News
